संघबाट हटाए जनमत पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्ने मुख्यमन्त्री यादवको उद्घोष | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

संघबाट हटाए जनमत पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्ने मुख्यमन्त्री यादवको उद्घोष

काठमाडौं,८ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्नुहुने भएको छ । सोमवार जनकपुरधाममा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले सत्ता गठबन्धनले भने जनमत पार्टीलाई तत्काल सरकारबाट बर्खास्ती गर्ने बताउनुभएको हो ।

उहाँले जनमत पार्टी लाज पचाएर सरकारमा बसिरहेको बताउनु भयो । उहाँले प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजनिक कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदेश सरकारबिरुद्ध नाराबाजी गरिरहेको र पार्टीका मन्त्रीहरु राजीनामा नदिइ लाज पचाएर बसिरहेको बताउनु भयो । उहाँले जनमतका मन्त्रीहरुले मधेस विश्वविद्यालयका रजिष्टार र भिसीलाई थर्काएर ताल्चा लगाएको भन्दै यो कुन तरिकको गठबन्धनको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले जनमत पार्टीलाई संघ सरकारबाट हटाए आफू तत्काल प्रदेशको मन्त्रीहरुबाट पनि हटाइदिने बताउनु भयो ।

माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ । सो निर्वाचनमा केन्द्रिय सत्ता गठबन्धनका साझा उम्मेदवारबिरूद्ध गठबन्धनका घटकसमेत रहेको जनमत पार्टीले उम्मेदवारी दिएको छ । गठबन्धनको निर्णय अस्वीकार गर्दै राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएपछि असन्तुष्ट दलहरूले जनमत अध्यक्ष डा.चन्द्रकान्त राउतलाई गठबन्धन बैठकमा बोलाउन छाडेका छन् । मधेस प्रदेश सरकारमा जनमत पार्टीमा शिक्षा तथा समाजकल्याण मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह हुनुहुन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);