संसदिय ब्यबस्था अन्त्य गरि बैज्ञानिक समाजबाद स्थापनाका लागि तयार रहे पार्टी एकता हुन्छः बिप्लव | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

संसदिय ब्यबस्था अन्त्य गरि बैज्ञानिक समाजबाद स्थापनाका लागि तयार रहे पार्टी एकता हुन्छः बिप्लव

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले नेकपा माओबादी केन्द्र संग तत्कालै पार्टी एकता नहुने बताउनु भएको छ । बुधबार म्याग्दी सदरमुकाम बेनीमा आयोजित मगर मुक्ति मोर्चा नेपालको चौंथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता विप्लवले यस्तो बताउनुभएको हो ।

पार्टीलाई ठुलो बनाउन, चुनाव जित्न, मन्त्री हुन, वा बिदेशी संगको सम्बन्ध बिस्तार गर्नका लागि पार्टी एकता नहुने भन्दै उहाँले संसदीय ब्यबस्थाको अन्त्य गरि बैज्ञानिक समाजबाद स्थापनाका लागि तयार रहे मात्र पार्टी एकताको बिषयमा सोच्न सकिने बताउनुभयो ।

नेपालमा सम्पुर्ण कम्युनिष्टहरु एक हुन आबस्यक छ, तर कम्युनिष्ट एकता नेताहरु संग मात्रै हुँदैन, बिप्लवले भन्नुभयो, “सच्चा कम्युनिष्ट किसान, मजदुर, सुकुम्वासी, दलित मेधसी, लगाएत उत्पिडनमा परेकाहरु नै हो । उहाँहरु संग एकता अनिबार्य हुन्छ” ।

युवाहरुलाई देशको बारेमा धेरै निरास नहुन भन्दै जनताको ब्यबस्था नआउँदा सम्म लडाई निरन्तर हुने उहाँको भनाई थियो । श्रमिक जनताको पक्षमा उभिने हो भने बिजयलाई रोक्न कसैले नसक्ने भन्दै बिजयको सुन्दर सपना देख्न सम्पुर्ण कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो ।

आफ्नो पार्टीको लडाई नेपाली जनताका लागि भएको भन्दै कुनै छलफल बिनानै पार्टी एकता हुन्छ भन्नु निभ्न लागेको बत्तीमा तेल थप्नु जस्तै भएको उहाँको भनाई थियो । हिजो प्रतिवन्द आज जेलमा कार्यकर्ता अनि तुरुन्तै एकता, यो असम्भव हो उहाँले भन्नुभयो ।

माओबादी संगको एकता नेपाली जनतालाई केन्द्रमा राखेर नयाँ बिचार, नयाँ लक्ष्य र उद्देश्यको आधारमा हुन सक्ने तर यहि ब्यबस्था र संबिधान ठीक छ भन्ने अनि एकता गर्न खोज्ने यसको कुनै औचित्य छैन, नेता विप्लवले ठोकुवा गर्नुभयो ।

अर्को प्रसंगमा नेता विप्लवले संसदीय ब्यबस्था पुर्ण रुपमा असफल भइसकेकाले अब जनमत संग्रहमा जानुको बिकल्प नरहेको बताउनुभयो । जनताको अधिकारलाई स्थापित गर्न जनमत संग्रह आबश्यक छ, पैसाले किनेर जित्ने चुनावको अब कुनै औचित्य छैन, उहाँले भन्नुभयो, जनमत संग्रह आजको नेपाली राजनितिको अग्रगामी निकास हो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्दिय सचिवालय सदस्य सन्तोष बुढा मगर, अखिल नेपाल क्रान्तिकारी महिला संघकी केन्द्रिय सचिव उषा मगर, केन्द्रिय सदस्य रामलाल बिश्वकर्मा, आस्था, लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सामना परिवारको जनबादी गीत तथा नृत्य प्रस्तुत रहेको कार्यक्रमको अध्यक्षता मगर मुक्ति मोर्चा नेपालका अध्यक्ष गम बहादुर श्रीष र संचालन इन्द्र घर्ति मगरले गर्नुभएको थियो ।

उद्घाटन सत्र सुरु हुनु पूर्व बिभिन्न झाँकी तथा बाजागाजा नारा जुुलुस सहित बेनी बजार परिक्रमा गरिएको थियो । कार्यक्रमको बन्द सत्र बिहिबार देखि जिल्ला समन्वय समितिको सभाहलमा संचालन हुने बताइएको छ । बन्द सत्रले मगर मुक्ति मोर्चाको नयाँ कार्य समिति चयन गर्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);