विद्रोह गरेका नेता कार्यकर्ताहरु पार्टीमा फर्किन विप्लवको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

विद्रोह गरेका नेता कार्यकर्ताहरु पार्टीमा फर्किन विप्लवको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आग्रह गरेका छन् । उनले आफुहरु कम्युनिष्ट एकताका लागि तयार रहेको बताउँदै टुटफुटबाट भन्दा पनि एकता बाट नै आन्दोलन पूर्ण हुने बताए ।

शुक्रबार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न सांस्किृतक संस्थान राष्ट्रिय नाचघर जमलमाआयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश वली सुर्दशनलाई पार्टीमा फर्किन आव्हान गरेका हुन् । बास्तोला र कञ्चनले गठन गरेको पार्टीको डकुमेन्टमा कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै उत्तेजना र कुण्ठाबाट क्रान्ति नहुने भन्दै गल्ती स्वीकार गरेर आत्मआलोचना गरी पार्टीमा फर्किन उने आग्रह गरेका छन् ।

महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकताको कुरा गरिराख्ने भन्दै दाहाललाई पनि पुरानो ठाउँबाट फर्किन आग्रह गरेका छन् । उनले माओवादी जनतालाई मलमल र भुमरीमा नफसाई परिवर्तनतिर लैजाने गरी आएमा आफुहरु एकताका लागि तयार रहेको बताए ।

पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टीले आगामी असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौंमा नवौँ महाधिवेशन गर्ने भएको छ । महाधिवेशन अगाडी भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेभित्र जिल्ला सम्मेलन सम्पन्न गरिने जनाइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);