एमालेका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा समाहित हुन माधव नेपालको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमालेका नेता कार्यकर्तालाई आफ्नो पार्टीमा समाहित हुन माधव नेपालको आह्वान

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीमा समाहित हुनका लागि एमालेका नेता, कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।

बुधवार एमाले विभाजन गरी नेकपा(एकीकृत समाजवादी) गठन गर्नुभएका अध्यक्ष नेपालले बिहीवार पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको भ्रमबाट मुक्त हुँदै आफुहरुको क्रान्तिकारी धारमा समाहित हुन एमाले नेता, कार्यकर्ताहरुलाई आह्वान गरेका हुन् । उनले ओली दक्षिणपन्थी भासमा भासिएको, राष्ट्रियताको सुदृढिकरण गर्न नसकेको, सरकार सञ्चालनमा असफल भएको, संसद विघटन गरी प्रतिगामी कदम चालेको तथा तत्कालिन नेकपा र नेकपा(एमाले) विभाजनमा उद्यत रहेको भन्दै ओली गुटको भ्रमबाट मुक्त भई छुटकारा पाउन आफ्नो पार्टीमा आउन उनको आग्रह छ ।

अध्यक्ष नेपालले केपी शर्मा ओलीले माक्र्सवादी मुल्य, मान्यतालाई तिलाञ्जली दिदैँ व्यक्तिवादमा डुबेपछि आफुहरु विद्रोह गर्न बाध्य भएको बताए । पार्टीलाई नीजि कम्पनीजस्तो बनाएको, जनताको बहुदलीय जनवादको मुल्य मान्यता त्यागेको तथा आफु पक्षीय नेताहरुलाई एमालेबाट निष्काशन गरेपछि त्यसकाविरुद्ध विद्रोह गर्नुको विकल्प आफुहरुसँग नभएको उनले स्पष्ट पारे ।

अध्यक्ष नेपालले पार्टी विभाजनमा आफ्ना केही सहयोद्धाहरुले साथ नदिएकोमा कुनै गुनासो नभएको प्रतिक्रिया दिए । लामो यात्रामा जाँदाखेरी केही साथीहरु बिचैमा थाकेको भन्दै उहाँले फेरी पनि ति सहयोद्धाहरु समावेश हुनसक्ने बताए । अहिले आफुलाई साथ नदिएका नेताहरुकै अग्रसरतामा विगतमा निर्वाचन आयोगमा पार्टी दर्ता भएको समेत उनले उल्लेख गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);