माधव नेपालले आफ्नो साथ छोडेका एमालेका दोश्रो पुस्तालाई पार्टीमा आउन आह्वान गरेपछि पाए यस्तो जवाफ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माधव नेपालले आफ्नो साथ छोडेका एमालेका दोश्रो पुस्तालाई पार्टीमा आउन आह्वान गरेपछि पाए यस्तो जवाफ

काठमाडौं । नेकपा एमालेबाट छुट्टिएर नेकपा एकीकृत सामाजवादी पार्टी गठन गरेका नेता माधवकुमार नेपालले आफ्नो साथ छाडेका एमालेका दोश्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गरेपछि दोश्रो पुस्ताका नेताहरुले त्यसमा प्रतिक्रिया जनाएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले शनिबार पेशागत महासंघ, नेपाल बागमती प्रदेश समितिले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता नेपालले एमालेका दोश्रा पुस्ताका नेताहरुलाई पार्टीमा आए नेतृत्व छोड्न तयार रहेको घोषणा गरेका थिए ।

एमाले नेता योगेश भट्टराईले शनिबार राति नै उनलाई जवाफ दिएका थिए । उनले सामाजिक सञ्जालमार्फत् नेपालको सो कुरा राम्रो भएको र स्वागत गर्ने बताएका छन् । तर आफैसँग भएकालाई नेतृत्व हस्तान्तरण गरेर उदाहरण देखाईदिए झन् राम्रो हुने भन्दै सझाव समेत दिएका छन् । उनले लेखेका छन्–‘‘राम्रो कुरा हो, स्वागत गर्दछु । आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुनेथियो । ’’

त्यसैगरी नेकपा एमालेका उपाध्यक्ष भिम रावलले पनि माधव नेपाललाई सामाजिक सञ्जालबाटै जवाफ फर्काएका छन् । शनिबार सम्बोधनका क्रममा अध्यक्ष नेपालले आफूलाई अगाडि धकेल्नेहरुले नै पार्टी विभाजनमा आफ्नो साथ छोडेको बताएका थिए ।

यसको जवाफ फर्काउँदै नेता रावलले कसैले अगाडि धकेल्दा धकेलिने भए पछाडि फर्काउन खोज्दा पछाडि फर्किनु पर्ने बताए । द्वन्द्वको समयमा अलगिने मनस्थिति भएकाहरुले सहमति भइसकेपछि मेलमिलाप गर्नु पर्ने सत्य बुझ्नु पर्ने उल्लेख गर्दै उनले जिम्मेवारी बोध गर्नु महत्वपूर्ण हुने बताएका छन् ।

एमालेमा विवाद देखिएको समयदेखि नै नेपाल पक्षमा खुलेका १० स्थायी कमिटी सदस्यहरुले पार्टी विभाजनको विषयमा नेपाल पक्ष छोडेर एमाले मै बसेका छन् । उनीहरुले एमाले विवाद समाधानका लागि तयार पारिएको १० बँदे सहमतिलाई कार्यान्यवनमा जोड दिएर एमालेमा रहने निर्णय गरेका थिए ।

कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो।द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न।जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);