उपचारका लागि भारत गएका झलनाथ खनाल नेपाल फर्कंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपचारका लागि भारत गएका झलनाथ खनाल नेपाल फर्कंदै

काठमाडौं । भारतमा उपचार गराईरहेका पूर्वप्रधानमन्त्री एवं नवगठित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल सोमबार नेपाल फर्किने भएका छन् ।

मृगौलामा समस्या देखिएपछि गत असार २ गते उपचारका लागि नेता झलनाथ खनाल भारत गएका थिए । झन्डै साढे २ महिनाको भारत बसाई पछि सोमबार दिउँसो काठमाडौं आइपुग्ने बताईएको छ ।

एमाले विभाजनको अवस्थामा पुगेपछि खनाल नेपाल पक्षमा लागेका हुन् । उनले नयाँ दिल्लीबाटै नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा राजदूतावासमार्फत् सनाखत गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);