देशमा धेरै पार्टीको आवश्यकता नरहेकाले वाम एकता : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

देशमा धेरै पार्टीको आवश्यकता नरहेकाले वाम एकता : गृहमन्त्री

janardan-sharma-1

रुकुम, १९ असोज । गृहमन्त्री जनार्दन शर्माले देशमा वाम एकताको शुरुवात भएको बताएका छन् । ‘नेपालको विकास र प्रगतिका लागि देशमा धेरै पार्टीको आवश्यकता नरहेकाले’ वाम एकता गर्नुपरेको उनले बताए ।

रुकुममा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले वाम एकताले लोकतान्त्रिक एकताको शुरुआत हुने भएकाले देश विकास र प्रगतिको बाटोमा अगाडि बढ्नु परेको बताए ।

“एमाले र माओवादी हामी दुवैले सशस्त्र क्रान्ति गरेका हौँ । सशस्त्र विद्रोह भनेर झापा आन्दोलन अहिलेका एमाले नेताहरुले गरेका हुन्, हामीले जनयुद्ध गर्यौँ”, नेता शर्माले भने, “जनयुद्ध, जनआन्दोलन हुँदै नयाँ संविधान बनाएर यहाँसम्म आइपुग्दा दुवै पार्टीका सैद्धान्तिक र वैचारिक आधार एउटै हुन पुगेको छ । वैचारिक सहमति बनेपछि अलग अलग पार्टीमा बस्नुभन्दा पनि एउटै पार्टीको पहल शुरु गरिएको हो ।”

कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यसहित हामी अगाडि बढेका छौँ उनले भने, ‘वाम एकता कसैका विरुद्धमा भन्दा पनि देश र नेपाली जनताको समृद्धि र विकासका लागि हो ।’

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);