काठमाडौं । प्रतिनिधिसभामा विनियोजना विधेयक २०७९ पेस गरिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७९ पेस गरेका हुन् । यसअघि शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएका थिए । गत आइतबार (१५ जेठ)मा अर्थमन्त्री शर्माले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को १७ खर्ब ९३ अर्ब र ८३ करोडको बजेट प्रस्तुत गरेका थिए ।
संसदमा विनियोजन विधेयक पेस
ताजा समाचार
‘पूर्वाग्रहले न्याय हुँदैन’
६ घन्टा अघि