पिछडिएका वर्गको विकासका लागि छुट्टै आयोग गठन गर्नुपर्छ   | ईमाउण्टेन समाचार

Our Network

जेठ २३ २०८०, मंगलबार

पिछडिएका वर्गको विकासका लागि छुट्टै आयोग गठन गर्नुपर्छ  

 

काठमाडौं। नेपाली कांग्रेसका नेता नैनसिंह महरले पिछडिएका वर्गका लागि छुट्टै आयोग गठन गर्नुपर्ने बताएका छन् । राजधानीमा आयोजित पिछडावर्गको राष्ट्रिय सम्मेलनमा महरले पिछडिएका वर्गको हकहित नभएसम्म देश विकास हुन नसक्ने बताएका हुन् ।

राजधानीमा आयोजित ५० लाख जनसंख्या रहेको पिछडावर्गको राष्ट्रिय सम्मेलन २०७९ कार्यक्रमका प्रमुख आतिथि रहेका महरले कुनै वर्ग जातिलाई पछाडि राखेर मुलुकमा समान र समग्र विकास हुन नसक्ने बताए । उनले नेपालमा वैधानिकरूपमा समावेशी प्रणाली लागु गर्ने पहिलो पार्टी पनि नेपाली कांग्रेस रहेको दाबी गरे ।

नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुखको अर्थ नै सबै वर्गको समान प्रकृतिको विकासको कल्पना नै भएको महरको भनाई थियो । नेविसंघको अध्यक्ष हुँदादेखि नै शिक्षा, स्वास्थ्य लगायत आधारभूत कुराहरूका लागि निःशुल्क गर्नुपर्ने माग जोडदार रुपमा आफूले उठाउँदै आएको उनको दाबी थियो ।

Leave a Reply