के फालिएको राजतन्त्र सबै पार्टीको वैशाखी बन्दै छ ? | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

के फालिएको राजतन्त्र सबै पार्टीको वैशाखी बन्दै छ ?

आफुलाई गणतन्त्रको संवाहक भन्ने नेताहरु नै राजतन्त्रलाई आफ्नो वरिपरि राखेर अस्तित्व जोगाउने अबस्थाम, अग्रगमनको नारा अलपत्र देसमा आफ्नै कारणले गणतन्त्र आयो भनेर आफुलाई गणतन्त्रको हिमायती ठान्ने नेताहरु नै हिजो आज राजतन्त्रको गुणगान गाउन थालेका छन।

प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उनीहरुले राजतन्त्रको पुरानो विरासतले देस थामेको थियो, आज देस कमजोर भयो भनेर विना कुनै संकोच भाषण गरिरहेका छन। गणतन्त्र सस्थागत हुन सकेको छैन। वर्तमान व्यवस्थाको सहि कार्यान्वयन हुन नसक्ता जनतामा वितृष्ण पैदा भएको छ। यस्तो अबस्था नेताहरुले समेत राजतन्त्रको वैशाखी टेक्न खोज्दा देस जटिल अबस्थामा पुगेको भान हुन थालेको छ।

नेपालको एतिहासिक परिवर्तनको रुपमा लिएको गणतान्त्रीक व्यवस्थाका संवाहक भन्ने सबै जसो नेताहरु प्रत्यक्ष वा परोक्ष रुपमा राजतन्त्रलाई आफ्नो वरिपरि राख्दै आफ्नो अस्तित्व जोगाउने अबस्थामा पुगेका छन।

हिजो राजतन्त्रका विरुद्ध हतियार उठाउनेहरु आज राजतन्त्रको शरणमा पुगेको देख्दा कहि त्यो वेला राजनीतिले बाटो विराएको त थिएन भनेर सोन्ने वेला भयो। नारायणमान विजुक्छे देखि मोहन वैद्य र प्रचण्ड देखि सिपि मैनाली सम्म सबैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजतन्त्रको पुरानो विरासतको गुणगान गाएको देख्दा राजनीतिमा सबै भन्दा बिढ प्रयोग भइरहेको शब्द अग्रगमन अलमलमा छ। अर्थात गणतन्त्र ल्याउने नेताहरुलार्ई नै स्यवम वर्तमान व्यवस्थाप्रति यति छिटो अविश्वास बढ्नु मा उनीहरुकै कार्यकुशलता प्रति गम्भिर आशंका पैदा भएको छ।

हुन पनि नेतृत्वले देसमा भएको ठूलो परिवर्तनको आभास जनतालाई गराउन सकेन। प्राप्त उपलब्धिहरु सस्थागत हुन सकेन। अनेकौ विकृति र विसंगतीले भरिएको विकृत राजनीतिका कारण आज देको हरेक क्षेत्र अर्कमण्यताको शिकार भएको छ। यस्ता हर्कतका लागि उद्धतरहेका नेताहरुका कारण छोटो अवधिमा नै स्वयम नेताहरुमा विचलन आएको देखिन्छ।

विदेसीको राजनीतिक अजेण्डामा आफुलाई समाहित गर्दै बनाइएका राजनीतिक महलहरु ढलिसकेका छन। देसमा जता ततै विकृति र भ्रष्टाचार बढ्दै गएको छ। हरेक क्षेत्रमा राज्यको उपस्थिती निरिह देखिएको छ। प्रदेस देखि केन्द्र सम्म मन्त्री र सांसदहरुको भिड थामि नसक्नु छ। कर्मचारी वर्ग काम नलाग्ने अबस्थामा पुगेको छ। आर्थिक क्षेत्र तहस नहस हुदै गइरहेको छ। धार्मिक विषयलाई जबरजस्ती विवादित विषय बनाइदै छ। एक प्रकारले भन्ने हो भने सर्वत्र निरासा नै निरासा छाएको छ। अर्थात यत्र तत्र कहाली लाग्दो अबस्था देखिएको छ।

देस यस्तो विकराल अबस्थामा पुग्दा नेतृत्वगण भने एक अर्का प्रति आरोप प्रत्यारोपमा व्यस्त छ। राजनीतिक असहिष्णुता यति सम्म छ कि, नेताहरु एक अर्काको मुख हेर्न चाहदैनन। राजनीतिक सशिष्णुता शुन्य बन्दै छ। यो सबैको प्रतिफल अझै केहि दशक देसमा राजनीतक अस्थिरता कायम नहुने देखिन्छ।

राजनीति नै सबै नीतिको मुल नीति भन्ने गरिन्छ तर राजनीति द्धारा संरचित सबै संरचनाहरु काम नलाग्ने अबस्थामा पुगेका छन। आस्था र विश्वासको मन्दिर मानिने अदालत समेत राजनीतिक चपेटामा परेको छ। न्यायमुर्तीहरु राजनीतिक पात्र बनेका छन। वकालत गर्नेहरुलाई अदालतको ढोकामा ताल्चा लगाउने छुट संसारभर केवल नेपालमा मात्रै होला। दुखको कुरा के छ भने जनताले न्याय माग्न जाने अन्तिम भरोषाको केन्द्र अदालतमा ताल्चा लागेको महिना दिन हुनै लाग्यो तर नेताहरु यति गम्भिर विषय प्रति आखा चिम्लेर बसेका छन।

यस्तो अबस्थामा पनि नेताहरु र देसको मुल राजनीति बारे समिक्षा समेत नहुनु नेपालका लागि नौलो र ठूलो कुरा होइन। तर विडम्बना के छ भने, अग्रगमनको गीत गाएर नथाकने नेताहरु नै अहिले पुरानो फालिएको व्यवस्था प्रति आकर्षीत भएको देख्दा कहि देसको राजनीति उल्टो दिशामा हिडेको त छैन भनेर सोच्ने वेला भयो।

जब सम्म देसभित्र वैदेसिक हस्तक्षेप रहन्छ, वेरोजगारि जरजर अबस्थामा रहन्छ, तब सम्म न राजतन्त्र न गणतन्त्र, देसमा कुनै पनि व्यवस्था टिक्न सक्दैन। नेताहरु पनि यस्ता व्यवस्थाका कठपुतली मात्र बनिरहने छन।

त्यसैले विगतको गुण्गान गाउनुको सटृा देसलाई स्थिरता दिन सके, कम से कम पाँच बर्ष सरकार टिकाउने वातावरण बनाउन सके देसमा स्थिरता आएको सन्देस जान्थ्यो कि? अन्यथा सस्तो लोकपृयताका लागि राजतन्त्रको वैशाखि टेक्न खोज्नु आफैमा लज्जाको विषय मात्र हुने छ।

Leave a Reply