राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानल | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानल

काठमाडौं । राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको आफ्नो प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिने नेताहरूको नाम टुंग्याएका हुन् ।

लिङ्देनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लिला श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । यसैगरी महामन्त्रीमा डा. धवलशमशेर राणा, रामचन्द्र तिमल्सिना र रेखा थापाले उम्मेदवारी दिने गरी लिङ्देनले नाम टुंग्याएका राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए । महाधिवेशन प्रतिनिधिको विवाद नटुंगिएकाले शुक्रबार मनोनयन दर्ता हुने भएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);