भित्तामा वीपीको फोटो झुन्ड्याउने कांग्रेस नेताहरुले विपीको विचार भने बोक्न सकेनन् (भिडियाे) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भित्तामा वीपीको फोटो झुन्ड्याउने कांग्रेस नेताहरुले विपीको विचार भने बोक्न सकेनन् (भिडियाे)

नेपालमा प्रजातन्त्र स्थापनाका लागि लडाइको शुरुवात गर्ने पहिलो प्रजान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ महाधिवेशन शुरु भइसकेको छ।

वि.स.२००३ साल माघ १२ देखि १३ गते सम्म भारतको कोलकातामा पहिलो पटक महाधिवेशन गरेको नेपाली कांग्रेसले यस अघिका महाधिवेशनहरु बाट टंकप्रसाद आचाय, वीपी कोइला, मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरीजाप्रसाद कोइराला, सुशील कोइराला, र शेरबहादुर देउवालाई सभापति चुन्यो।

पहिलो महाधिवेशन भारतको लकात्तामा गरेको कांग्रेसले दोस्रो महाधिवेशन बनारसमा गर्यो भने तेस्रो महाधिवेशन भारत कै बिहारमा गर्यो। कांग्रेसको चौथो महाधिवेशन पुन भारतको कोलकाता भयो।

त्यस यता कांग्रेसले जनकपुर, वीरजञ्ज, काठमाडौं, झापा, पोखरा र ललितपुर लगायतका क्षेत्रमा महाधिवेशन गर्यो। आठौँ महाधिवेशनसम्म केन्द्रीय सभापति पदका लागि मात्र निर्वाचन गर्दै आएको नेपाली कांग्रेसले अहिले १४ महाधिवेशनमा भने पदाधिकारी हुदै १ सय ३७ सदस्यीय कार्यसमिति निर्वाचनबाट चुन्दै छ। जबकि कुनैबेला कांग्रेसभित्र सिंगो कार्यसमिति नै पार्टी सभापतिले मनोनित गर्ने व्यवस्था थियो।

देसमा प्रजातन्त्र स्थापनाका लागि निर्णायक लडाइ लडेको नेपाली कांग्रेस भित्र आन्तरिक प्रजान्त्र कमजोर भयो भन्ने जनगुनसो व्यापक रुपमा देखिएको छ। यतिमात्र होइन कांग्रेसको जारी महाधिवेशन मा वैचारिक बहस शून्य अबस्था छ।

कांग्रेस नेताहरुले भाषणमा भन्न नछुटाउने प्रजातान्त्रिक समाजवादका विषयमा पनि जारी महाधिवेशनमा छलफल हुन सकेको छैन। समाजवादउन्मुख संविधान निर्माणको नेतृत्व नेपाली कांग्रेसले गरेको हो। तर यसको कार्यान्वयन पक्ष निकै कमजोर छ। २०४८ साल देखि कांग्रेसले अंगालेको उदार अर्थतन्त्रको नीति समेत अहिले अलपत्र अबस्थामा छ।

कांग्रेसभित्र जननेता विपी कोइरालाको विचार हरायो भनेर स्वयम कांग्रेसका नेताहरु चिन्तीत छन। देसको सबै भन्दा लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेसभित्र सैद्धान्तिक बहस हुन सक्दैन। नेपाली कांग्रेस इतिहास रचेको पार्टी हो तर अहिले आएर अमुख नेताको वरिपरि कांग्रेस घुमिरहेको छ।

नेतालाई महत्व दिदा पार्टीको विचार र सिद्धान्त गौण बन्न पुगेको छ। कुनै वेला जनताले सर्वाधिक विश्वास गर्ने कांग्रेस अहिले एकपछि अर्को विवादमा फस्दै आएको छ। नेताहरु बीचको टकरावले कांग्रेस अस्थिरताको भुमरीमा रुमलीएको छ। ।

कांग्रेस नेताहरुको घर घरमा र पार्टी कार्यालयमा वीपीको फोटो झुन्ड्याइएको देखिन्छ तर तीनै नेताहरुले विपीको विचार भने बोक्न सकेका छैनन। गुट उपगुट र मोर्चाबन्दीमा फसेको कांग्रेस देस र जनतासँग जोडिन सकिरहेको छैन।

देसको सम्बृद्धिका लागि कांग्रेसको भुमिका उत्हाजनक हुन बन्न सकेको छैन। पार्टीभित्र राजनीतिक विकृति नै विकृति मौलाएको देखिन्छ। नेतृत्व प्रति नेता कार्यकर्ताको ठूलो पक्ती असन्तुष्ट छ भने नेतृत्वले असन्तुष्ट पक्षलाई समेट्न सकिरहेको छैन। यी दुइ पक्ष बीचको लडाइमा कांग्रेस अल्झीएको छ। र पछिल्लो निर्वाचनमा नेपाली कांग्रस प्रतिनिधिसभाका लागि एक सय ६५ निर्वाचन क्षेत्रमा भएको आम निर्वाचनमा जम्मा २३ सिटमा खुम्चीन पुग्यो।

यस्तो अबस्थामा रहेको नेपाली कांग्रेस १४ औ महधिवेशनबाट जिम्मेवार ढंगले अघि बढ्न जरुरी छ। कांग्रेस अहिले पनि सरकारको नेतृत्व गरिरहेको पार्टी हो। र सम्भवत भोली पनि कांग्रेस सरकारमा जाने छ।

त्यसैले उसको नेतृत्वमा कस्तो विचार र सिद्धान्त तथा देस बनउने भिजन र मिसन भएको नेता आउनु पर्छ। १४ महाधिवेशनबाट नीति विना नेतृत्व मात्र चयन हुने हो भने नेपाली कांग्रेस इतिहासको व्याजले मात्र चल्नु पर्ने अबस्थामा सिमित बन्ने छ। यस बारे पार्टी नेतृत्वका लागि आफुलाई अब्बल छु भनेर दावी गरिरहेका हरेक नेताले सचेत हुन जरुरी छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);