सरकार दिनप्रतिदिन अधिनायकबादतर्फ अघि बढेको शेखर कोइरालाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकार दिनप्रतिदिन अधिनायकबादतर्फ अघि बढेको शेखर कोइरालाको आरोप

काठमाडौं, २५ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसले संसदमा दह्रो प्रतिवाद गर्न नसकेकै कारण वर्तमान सरकार दिनप्रतिदिन अधिनायकबादतर्फ अगाडि बढिरहेको आरोप लगाएका छन्।

गिरिजाप्रसाद कोइराला फाउन्डेशन उदयपुरको पदस्थापन तथा गिरिजाप्रसाद कोइरालाको फोटो प्रदर्शनी कायक्रमलाई सोमबार सम्बोधन गर्दै काँग्रेस कोइरालाले संसदमा कांग्रेसको कमजोर उपस्थितिका कारण वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मानवअधिकार हनन् हुँदै गएको बताए ।

कोइरालाले सरकार प्रजातन्त्रको मुलभूत सिद्धान्तलाई अस्विकार गर्दै निरकुंशता, अराजकता र अधिनायकवादको बाटोमा हिँडिरहेको आरोप लगाए । नेपाली कांग्रेस पार्टी गिरोहले चलाइरहेको दावी गर्दै उनले नेपाली कांग्रेसको चौधौं महाधिवेशन समयमै नगर्ने हो भने कांग्रेस अझ कमजोर बन्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);