सभापति पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिनु राम्रो संस्कार होइन : शेखर कोइराला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सभापति पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिनु राम्रो संस्कार होइन : शेखर कोइराला

dr sekhar koirala

मोरङ, १३ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले गैरजिम्मेवार अभिव्यक्ति नदिन पार्टी सभापति शेरबहादुर देउवाको ध्यानकर्षण गराएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा सोमवार आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले पार्टी सभापति देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार नभएको उल्लेख गरे ।

फागुन ८ गते बीरगञ्जमा आयोजित एक कार्यक्रममा सभापति देउवाले कांग्रेस कोइरालाहरुको मात्र बपौती नभएको भन्दै पार्टीलाई कमजोर गर्ने जो कोहीलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।

देउवाले नामै तोकेर नेता कोइरालालाई कारवाहीको चेतावनी दिएपछि कोइरालाले देउवालाई सभापति पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति नदिन चेतावनी दिएका हुन् ।

कोइरालाले कांग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्नेमा समेत जोड दिए । पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नहुने कोइरालाको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);