राष्ट्रिय स्वाभिमान यात्रामा सहभागी हुन राप्रपा कार्यकर्ताहरु तापलेजुङ प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

राष्ट्रिय स्वाभिमान यात्रामा सहभागी हुन राप्रपा कार्यकर्ताहरु तापलेजुङ प्रस्थान

kamal thapa-raprapa yatra

काठमाडौं, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको फागुन १५ गतेदेखि सुरु हुने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा सहभागी बन्ने कार्यकर्ताहरु सोमवार तापलेजुङ प्रस्थान गरेका छन । राजधानीमा सोमवार आयोजित एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष कमल थापाले उनीहरुलाई बिदाई गरेका हुन् ।

स्वाभिमान यात्रामा प्रयोग गर्ने गरि राष्ट्रियता, सनातन धर्म र एकता झल्काउने विम्ब सहितका कयौ सामाग्रीहरु तयार पारिएको छ । राष्ट्रिय स्वाधिनताको रक्षा र राष्ट्रिय अखण्डताका लागि सबैलाई जागरुक गर्दै राष्ट्रवादी आधारभूमी तयार पार्नका लागि मेची महाकाली यात्रा गर्न लागिएको राप्रपाले जनाएको छ ।

राप्रपाले फागुन १५ गते ताप्लेजुङबाट मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरु गर्दे छ । सुदुर पुर्व देखि तराईका विभिन्न जिल्ला हुदै सूदुर पश्चिम सम्म पुगेर फागुन ३० काठमाण्डौ आई यात्रा समापन हुने राप्रपाले जनाएको छ । २ हजार ८ सय १० किलोमिटर दुरीको यात्राका क्रममा विभिन्न स्थानमा २ सय बढी सभा गरिनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);