एमालेको मेची–महाकाली अभियान, आज मोरङ र सुनसरीमा आमसभा हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एमालेको मेची–महाकाली अभियान, आज मोरङ र सुनसरीमा आमसभा हुँदै

एमालेको मेची–महाकाली अभियान, आज मोरङ र सुनसरीमा आमसभा हुँदै

एमालेको मेची–महाकाली अभियान

काठमाडौं । नेकपा एमालेले सुरु गरेको मेची महाकाली अभियान अन्तर्गत आज शनिबार मोरङ र सुनसरीमा सभा हुँदैछन् ।

झापाको दमकदेखि बिहान १० बजेपछि अघि बढ्ने अभियान अन्तर्गत मोरङको विराटचोक र सुनसरीको इटहरीमा सभा हुने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

विराटचोकका सभालाई नेताहरु बामदेव गौतम र भीम रावलले सम्बोधन गर्नुहुनेछ भने इटहरीमा नेता माधवकुमार नेपालले सम्बोधन गर्ने भट्टराईले बताउनुभयो ।

‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भाव’ नारासहित अभियान शनिबार झापाको काँकडभिट्टाबाट सुरु भएको हो ।

चैत ५ गते कञ्चनपुरको महेन्द्रनगरबाट सुर्खेतमा पुगेर टुंगिने अभियान अन्तगर्तत पूर्व–पश्चिम राजमार्गका ३३ ठाउँमा आमसभा, ¥याली र साँस्कृतिक कार्यक्रम गर्ने एमालेले जनाएको छ ।

१० हजार स्वयंसेवक परिचालन हुने अभियानमा सबैजसो केन्द्रीय नेता सहभागी हुने र सबै नेतालाई पार्टी कार्यकर्ताकै घरमा खानपान र बस्ने व्यवस्था मिलाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);