एमालेको अभियानमा अबरोध गरे प्रतिवाद गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एमालेको अभियानमा अबरोध गरे प्रतिवाद गर्ने चेतावनी

१० फाल्गुन, काठमाडौं । नेकपा एमालेले आफ्नो दलको मेची–महाकाली अभियानलाई अवरोध पुग्ने खालका कार्यक्रम नगर्न आग्रह गरेको छ ।

एमालेको अभियानमा अबरोध गरे प्रतिवाद गर्ने चेतावनी

१० फाल्गुन, काठमाडौं । नेकपा एमालेले आफ्नो दलको मेची–महाकाली अभियानलाई अवरोध पुग्ने खालका कार्यक्रम नगर्न आग्रह गरेको छ ।

एमाले केन्द्रीय कार्यालय धुम्बराहीमा मेची महाकाली राष्ट्रिय अभियानका बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले  आगामी फागुन २१ गतेदेखि चैत ४ गतेसम्म हुन लागेको मेची–महाकाली अभियानलाई अवरोध पुग्ने खालका कार्यक्रम नगर्न सबैलाई आग्रह गर्नुभएको हो ।

उहाँले यदी कसैले अभियानका क्रममा अबरोध गरे प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।  उहाँले हिमालदेखि तराई तथा पूर्वदेखि पश्चिम पुग्ने अभियानबाट मुलुकको राष्ट्रिय एकता, लोकतन्त्र, विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अभियान अन्तर्गत ठाउँ ठाउँमा पदयात्रा र आमसभा पनि हुने नेकपा एमालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);