मेची–महाकाली राष्ट्रिय अभियान निर्वाचनमा भोट तान्न हैनः महासचिव पोख्रेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

मेची–महाकाली राष्ट्रिय अभियान निर्वाचनमा भोट तान्न हैनः महासचिव पोख्रेल

क्षेत्रनाथ देबकोटा
बाँके, चैत ५ गते । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले आप्mनो पार्टीले संचालन गरेको मेची–महाकाली राष्ट्रिय अभियान निर्वाचनमा भोट तान्न नभएको बताउनुभएको

मेची–महाकाली राष्ट्रिय अभियान निर्वाचनमा भोट तान्न हैनः महासचिव पोख्रेल

 

क्षेत्रनाथ देबकोटा बाँके, चैत ५ गते । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले आप्mनो पार्टीले संचालन गरेको मेची–महाकाली राष्ट्रिय अभियान निर्वाचनमा भोट तान्न नभएको बताउनुभएको छ । प्रेस चौतारी बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोख्रेलले अभियान तराई–मधेसमा जनता जागरणका लागि केन्द्रीत भएको दावी गर्नुुभयो । जुनसुकै शक्तिको धम्की आएपछि देशको अहित हुने गरी नेकपा एमालेले काम नगर्ने भन्दै एमालेले लिएका एजेण्डा अहिले सिंगो देशका एजेण्डा भएको बताउनुभयो ।

 

महासचिव पोख्रेलले नेकपा माओवादी(केन्द्र)को नेतृत्वलाई आश र त्रास देखाएर एमालेसँगको गठबन्धन टुटाइएको बताउनुभयो । अहिलेको अवस्थामा स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नुको बिकल्प नभएको स्पष्ट पार्नुभयो । लामो समयदेखि स्थानीय निकायमा जनप्रतिनिधिविहिन हुँदा आम नागरिकले दुःख पाएको बताउदै महासचिव पोख्रेलले निर्वाचनको बिरोध गर्नेहरु देशको अहित चाहने र प्रगती भएको देख्न नचाहने शक्ति भएको टिप्पणी गर्नुभयो । उहाँले तोकिएको मितिमा निर्वाचन गर्न सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);