वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामथ्र्यनै छैनः शंकर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामथ्र्यनै छैनः शंकर पोखरेल

काठमाडौं, १६ माघ ||
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामथ्र्य नरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । महासचिव पोखरेलले वर्तमान सरकारले लाचारीले मुलुकको राष्ट्रिय हितको विषय ओझेलमा परेको बताउनु भयो । उहाँले ओलीले महाकाली सन्धिको सन्दर्भमा आफैँले उठान गरेको लिपुलेक र कालापानी नेपालको भूमि हो भन्ने कुरालाई आफू प्रधानमन्त्री भएको बेला कामै गरेर पुष्टि गरेको बताउनु भयो । महासचिव पोखरेलले ओलीले भारतसँग महाकाली सन्धिबारे पुरावलोकन गर्ने विषयलाई २०४९ सालमा संसदमा उठाएको उल्लेख गर्दै त्यसलाई मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा भारतसँग सो विषयमा औपचारिक प्रश्ताव राखेको तथ्य पनि स्मरण गराउनु भयो । महासचिव पोखरेलले ओलीले बोलेका कुरालाई काम उतार्ने नेताको रुपमा आफूलाई बलियोसँग उभ्याएको समेत बताउनु भयो ।

Leave a Reply

ताजा समाचार