मैले निष्ठाका साथ राजनीति गरिरहेको छुः ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

मैले निष्ठाका साथ राजनीति गरिरहेको छुः ओली

काठमाडौं, १६ माघ ||
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले शुरुदेखि नै निष्ठाका साथ राजनीति गरेको बताउनुभएको छ । आफ्नो अभिव्यक्तिमा अन्कन्ट्रोल मिसाईल प्रहार भएपनि ठिक ठाउँमा ताकेर हान्ने गरेको ओलीको भनाई थियो । ओलीले संसद वा बाहिर कुनै पनि ठाउँमा आफूले दिएको अभिव्यक्ति देश र जनताप्रतिका समर्पणभावमा केन्द्रित रहेको बताउनु भयो । मंगलवार काठमाडौंमा अयोजित ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उहाँले आफ्ना अभिव्यक्ति अन्कन्ट्रोल हुने गरेपनि विचार प्रवाहमा भने कहीँ पनि त्रुटी नभएको जिकिर गर्नुभयो । ओलीले लोकतन्त्रलाई नेताहरुले भागी खाने भाँडा बनाउँदा त्यसको टिकाउ नहुने गरेको स्पष्ट पार्नुभयो । उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्रै हुने भएकाले राजनीतिकलाई आफूले सोही अनुसार अघि बढाउने काम गरिरहेको बताउनु भयो । ओलीले आफना अभिव्यक्तिमा केही सावधानीको आवश्यकता भएको पनि आफूले पछिल्लो समय महशुस गरेको बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);