दुईचार मान्छेले पार्टी छोडेपछि मात्रै संवैधानिक आयोग बने : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

दुईचार मान्छेले पार्टी छोडेपछि मात्रै संवैधानिक आयोग बने : प्रधानमन्त्री ओली

काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई चार जना मान्छेले पार्टी छोडेर गएपछि मात्रै आयोगहरुले पूर्णता पाएको बताउनुभएको छ। नेकपाको बागमती प्रदेशले शुक्रबार राजधानीमा आयोजना गरेको सभामा बोल्दै उहाँंले सो बताउनुभएको हो।

उहाँले तीन बर्ष सम्म ति मान्छेका कारणले आयोग गठन गर्न नसकेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो‘ उहाँहरुलाई आयोग बनेकोमा कस्तो पीर, बनेको भोलिपल्ट नेपाल बन्दको नाटक गरियो।

प्रधानमन्त्रीले कुनै देशको नाम नलिई आफुले उत्तरको नाका खोल्दा पहिला सरकारबाट हटाइएको र अहिले नक्सा प्रकाशित गरेपछि जसरी पनि हटाउनु पर्छ भनिएको दावी गर्नुभयो।आफू नेतृत्वको सरकार ५ बर्षका लागि चुनिएकोमा जसरी पनि हटाउन खोजेपछि ताजा जनादेशका लागि जाने निर्णय भएको बताउनुभयो।

प्रधानमन्त्रीले प्रश्न गर्नुभयो‘ ताजा जनादेशका लागि जाँउ भन्ने लोकतन्त्रवादी कि निर्वाचन आयोगमा गएर तयारी नगर भन्ने लोकतन्त्रवादी?प्रधानमन्त्री ओलीले आफूले राजतन्त्र फर्काउछ भनेर कु प्रचार गरिएको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो‘ जसका विरुद्ध जिन्दगी भरी लडियो त्यसैलाई फकाउँछ भन्नु कु प्रचार मात्र हो ।

दुईचार हजार मान्छे लिएर ललकार्ने काम भएकोले सडकमा आउनु परेको बताउनु भयो। शुक्रबारको सभा काष्टिङ मात्र भएको र साँच्चे सभागर्नु परे सिंगो काठमाडौका सभामा स्क्रिन राख्नुपर्ने बताउनुभयो।

प्रधानमन्त्रीको प्रश्न सहभागीको उत्तर
सभामा बोल्दै प्रधानमन्त्रीले चुनवमा जाने कि अस्थिरता भनेर प्रश्न सोध्नु भएको थियो। ओलीले ३ पटक सभागीलाई सोध्नुभयो‘ तपाईहरु अस्थिरता कि निर्वाचन? ’ सबैले एकै स्वरमा भने चुनाव ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);