आफू एकताकै पक्षमा रहेको प्रचण्डको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आफू एकताकै पक्षमा रहेको प्रचण्डको भनाई

prachanda dahal

काठमाडौं, ८ मंसिर । आफुले मात्रै एकता एकता भनेर अब पार्टीको एकता कायम हुन नसक्ने भन्दै एकताका लागि प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले नै पहल गर्नु पर्ने सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दहालले बताउनुभएको छ ।

सोमबार बिहान पार्टी स्थायी कमिटी सदस्यद्वय टोपबहादुर रायमाझी र हरिबोल गजुरेरसँग आफ्नै निवास खुमलटारमा भएको भेटमा कार्यकारी अध्यक्ष दहालले बताउनुभएको हो । दहालले सो भेटमा एकताका लागि थप पहल प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नै गर्नु पर्ने बताउनुभएको छ ।

दहाललाई उद्धृत गर्दै समाचार श्रोतले बतायो,‘पार्टी एकता मैले मात्रै गरेर हुन्न नि त, प्रधानमन्त्रीले पहल लिनुप¥यो,’ दाहाललाई उधृत गर्दै गजुरेलले भन्नुभयो, ‘मैले मात्रै एकता एकता भनेर हुँदैन। उहाँले पनि देखाउनुप¥यो।’ सत्तारुढ दल नेकपा भित्र केही दिन यता ह्वात्तै बढेको समस्यालाई लिएर चिन्तित पार्टीका दोश्रोतहका नेताहरु समस्या समाधानका लागि सकृय रहेका छन् ।

यतिबेला पुर्व माओवादी खेमाको एउटा समुह पार्टीलाई एकताबध्द राख्न सकृय रहेकाछन् र तिनमा रायमाझी र गजुरेलले प्रधान भुमिका निर्वाह गर्दै आएका छन् । एकता जोगाउने दौडधुपमा लागेका द्वय नेताले सोमबार अध्यक्ष दाहाललाई भेटेर पार्टी एकता जोगाउन आग्रह गर्नुभएको थियो ।

ईमाउण्टेनसँगको भेटमा नेता गजुरेलले,अध्यक्ष दहाललाई अहिलेसम्मको अवस्थाबारे जानकारी गराउँदै जनता र कार्यकर्ता फुटको विपक्षमा रहेका छन्, उनिहरुको भावना विपरित पार्टी दुर्घटनातिर गइरहेको ले पार्टीलाई एउटा विधि पद्धतिमा चलाउन तपाईंहरु नमिल्नुको विकल्प नरहेको’ बताएको उल्लेख गरेका छन् । आफुहरुले अध्यक्ष दहालको भेटमा,पार्टी र सरकारको भूमिका प्रभावकारी हुनुपर्ने र अहिल्यै फुटको दिशामा गयो भने दुर्घटना निम्तिने खतरा रहेको प्रस्ट पारेको गजुरेलले बताउनुभएको छ ।

गजुरेरलले,‘परिवर्तनका सबै एजेन्डामा प्रश्न खडा हुनेछ। विरोधीले खेल्नेछन्। त्यसै पनि फुटाउन खोजिरहेका छन्। हामीले अध्यक्षलाई भन्यौं,’ उहाँले भन्नुभयो, ‘हामी एकताका पक्षमा छौं। त्यही भएर छलफल गर्न आएका हौं। अरु आशंका केही गर्नु पर्दैन।’ बताएको उल्लेख गर्नुभयो ।

प्रत्युत्तरमा अध्यक्ष दाहालले आफू पनि एकताकै पक्षमा रहेकाले शंका नगर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओलीले पनि एकताको भावलाई समात्नुपर्ने र त्यसैअनुसार अघि बढ्नुपर्ने दाहालको भनाइ थियो।

नेताद्वय रायमाझी र गजुरेलले प्रधानमन्त्री ओलीसँग पनि भेटेर पार्टी एकता जोगाउन आग्रह गरिसक्नुभएको छ । ‘हामीले पछिल्लो समय तपाईंले एकतर्फी रुपमा निर्णय गर्दा जनता र कार्यकर्तामा भ्रम प¥यो भनेर प्रधानमन्त्रीलाई पनि भनेका छौं’, गजुरेलले भन्नुभयो , ‘सबैलाई समेटेर लैजाने काम भएन। स्थायी कमिटीको निर्णयअनुसार काम भएन भन्ने परेको छ भनेर प्रस्ट्याएका हौं।’

प्रधानमन्त्रीलाई समेत पार्टीलाई नयाँ शिराबाट अघि बढाउन पहल लिन आग्रह गरेको भन्दै नेता गजुरेलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि आफूहरुको भूमिका थप प्रभावकारी बनाइने बताउनुभयो ।

गजुरेलले नेताकार्यकर्तासँगका पछिल्ला भेटघाट हेर्दा कोही पनि फुटका पक्षमा नरहेको बताए पनि गत २८ कात्तिकमा बसेको सचिवालयको बैठकमा पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव प्रस्तुत गरेपछि नेकपामा थप संकट देखापरेको छ । दाहालले बुझाएको प्रस्तावको लिखित रुपमा नै दस्तावेजमार्फत पेस गर्ने भनेपछि नेकपाको सचिवालय बैठक १३ मंसिरसम्मका लागि स्थगित भएको छ ।

अहिले ओली समूह बैठकमा पेस गर्ने दस्तावेज तयार गर्न सक्रिय छ। अध्यक्ष तथा प्रधानमन्त्री ओलीका तर्फबाट मंगसिर १३ गते बस्ने पार्टी सचिवालय बैठकमा पेश हुने प्रस्ताव तयार गर्न जिम्मेवारी उपप्रधानमन्त्री एवम् सचिवालय सदस्य ईश्वर पोखरेललाई दिईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);