प्रधानमन्त्री ओलीको विकल्प अरु कोही हुनै सक्दैन : राज्यमन्त्री मानन्धर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानमन्त्री ओलीको विकल्प अरु कोही हुनै सक्दैन : राज्यमन्त्री मानन्धर

काठमाडौं, ११ मंसिर । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अरु कोही हुनै नसक्ने बताउनुभएको छ । आज राजधानीमा फकस नेपालले आयोजना गरेको कोरोना नियन्त्रणमा सरकार र नागरिक समाजको भुमिका विषयक अन्तरक्रियामा राज्यमन्त्री मानन्धरले ओलीको विकल्प कोही नभएको बताउनुभएको हो ।

७० वर्षे कालखण्डमा बनेको सबैभन्दा शक्तिशाली सरकार ओली नेतृत्वमा बनेको उल्लेख गर्दै उहाँले ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पुरा हुने बताउनुभयो । उहाँले आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएका प्रतिवद्धता अनुसार वर्तामान सरकारले काम गरिरहेको बताउनुभयो । जनताले विश्वास गरेर ओली नेतृत्वमा सरकार बनाउने जिम्मेवारी नेकपाले पाएको उल्लेख गर्दै उहाँले जनमतको अवमुल्यन गर्ने काम कतैबाट पनि हुन नहुने बताउनुभयो । 

मन्त्री मानन्धरले नेकपामा देखिएको विवाद समाधानका लागि शिर्ष नेताहरु लागिपरेको बताउँदै केही दिनभित्रै कार्यकर्तामा उत्साह भर्नेगरी निर्णय आउने दाबी गर्नुभयो । पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने भएकाले अत्तालिन नपोर्ने उहाँले बताउनुभयो । जनताले महसुस गर्नेगरी काम भइरहेको बताउँदै मन्त्री मानन्धरले ठुला परियोजनाहरुको निर्माण र समानुपातिक वकिासका लागि सरकारको प्रयास सार्थक हुँदै गएको दाबी गर्नुभयो ।

मन्त्री मानन्धरले कोरोना नियन्त्रणमा सरकारले सबै उपाय अवलम्वन गरेको बताउँदै जनताको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराखिने बताउनुभयो । दक्षिण एसियाली मुलुकमध्ये नेपालले स्रोतले भ्याएसम्म सबैभन्दा राम्रो व्यवस्थापन मिलाएको दाबी गर्दै मन्त्री मानन्धरले निशुल्क उपचारका सबै प्रक्रिया सहज बनाइएको बताउनुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);