जनताको सहयोग भए मात्रै सरकारले कोरोना रोकथाम गर्न सक्छ:रामबीर मानन्धर | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

जनताको सहयोग भए मात्रै सरकारले कोरोना रोकथाम गर्न सक्छ:रामबीर मानन्धर

काठमाडाैं,१० असाेज । सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिकले सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

शनिबार साधना कलाकेन्द्रले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा राज्यमन्त्री मानन्धरले सबै जनताको सहयोग भए मात्रै सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न सक्ने बताउनुभयो। उहाँले अहिले सरकारले गरेका कामहरुप्रति सबैले आलोचना मात्रै गरिरहेकाले पनि समस्या देखिएको दाबी गर्नुभयो ।

कार्यक्रममा राज्यमन्त्री मानन्धरले कलाकारिता क्षेत्रको विकासकोे पहिलो अाधार एक श्रष्टाले अर्को श्रष्टालाई सम्मान गर्नु नै रहेको भन्दै श्रष्टा प्रतिको सम्मान नै कलाकारिताको पहिलो साधना भएको उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);