१२ लाख रुपैँयामा बलात्कारका मुद्धा मिलाउन धम्की दिने प्रहरी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

१२ लाख रुपैँयामा बलात्कारका मुद्धा मिलाउन धम्की दिने प्रहरी नियन्त्रणमा

balatkar aapradhi

जनकपुरधाम,१० असाेज। धनुषा जिल्लामा बलात्कारका घटनामा बृद्धि भईरहेको छ । केहि दिन पहिला जिल्लाको धनुषाधाम क्षेत्रमा एकजना किशोरीलाई सामुहिक बालात्कार भएको घटनामा दोषिलाई कारबाही गर्न पिडित पक्षको उजुरी समेत दर्ता नगरेको भन्दै विरोध भएको बेलामा पिडित परिवारलाई १२ लाख रुपैयाँ दिई बलात्कारको घटना मिलाउन दबाब दिने प्रहरी पक्राउ परेका छन्।

बलात्कृत किशोरीलाई १२ लाख रुपैया लिएर मिल्न दबाब दिने धनुषाधाम नगरपालिका २ धर्मपुरका सत्यनारायण यादव अहिले प्रहरीको नियन्त्रणमा रहेको छ । यादवले पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर मिल्न दबाब दिएको र नमिले मार्ने धम्की समेत दिएकाले यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभएको छ।

यादवलाई शनिबार बिहान पक्राउ गरी अनुसन्धान अगाडी बढाइएको छ । धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया दलित किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । उनको बलात्कारमा संलग्न धनुषाधाम नगरपालिका २ धर्मपुरका श्यामसुन्दर यादवलाई बचाउन उनका बुबा यादवले पीडित परिवारलाई आर्थिक प्रलोभन देखाएको र नमाने मार्ने धम्की दिएको थियो।

गाउँ नजिकैको विद्यालयमा बोलाएर पीडितका बुबा र आमलाई यादबले पैसा लिएर घटना मिलाउन दबाब दिएको प्रहरीले जनाएको छ ।

धनुषाधाम नौसयबिग्हास्थित दिदीको घरमा बिहे भोज खान गएकी किशोरीलाई भदौ १ गते साँझ करिब ६ बजे रघुनाथपुर फर्किंदै गर्दा धर्मपुरनजिक १४–१५ जना युवाले घेरेर किशोरीलाई बलात्कार गरेको थियो । उक्त घटनामा संलग्न ८ जनामाथि प्रहरीले मुद्दा चलाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);