सरकारले तोकेको मूल्य सहकारीद्धारा कृषकलाई उपलब्ध | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सरकारले तोकेको मूल्य सहकारीद्धारा कृषकलाई उपलब्ध

धनकुटा,१० असाेज । पछिल्लो समय दुर्गम क्षेत्रका कृषकलाई सरकारले तोकेको मूल्य सहकारीले दिन थालेका छन्।सधै बजार मूल्यको अभावमा भौतारिरहेका कृषकलाई धनकुटाको छथर जोरपाटीस्थित दुग्ध विकास सहकारीले उचित मूल्य दिएको छ । उत्पादित दुधको उचित मूल्यको अभावमा मारमा परेका धनकुटाका कृषकले उचित मूल्य पाएपछि केही राहत मिलेको छ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका वार्ड नं. २ मा चिज छुर्पी कारखाना रहेको छ । दुग्ध विकास संस्थान विराटनगरको विकल्पको रुपमा निजीमा खोलिएको सहकारीले २ सयको हाराहारीमा कृषकलाई समेटेको छ । सहकारीले स्थानीय कृषकबाट दुध संकलन गरी चिज छुर्पी तथा डग छुर्पी बनाई विदेशमा समेत निर्यात गर्ने गरेको छ ।

सहकारीमा मासिक ४३ लाखसम्म दुग्धजन्य वस्तुको कारोबार हुने गरेको छ । बैँकको व्याज लिएर गाई, भैसी पालन गरेका कृषकहरुलाई प्रत्येक हप्ता नगद पाउँदा बैकको व्याज तिर्न पनि सजिलो भएको छ घरमा उत्पादित दुधले समेत उचित मूल्य पाएको छ। विभिन्न स्थानमा दुधको मूल्य नपाएर कृषकले सडकमा दुध पोखेका खबर बाहिरिरहँदा यस क्षेत्र कृषकलाई सहकारीले राहत दिएको छ।

उत्पादित सबै दुध सहकारीले संकलनगरी विराटनगर तथा इटहरी पठाउँने गरेको छ । बाँकी रहेको दुधबाट छुर्पि, चिज, पनिर लगायतमा सामाग्री बनाउने गरेको छ । सहकारी मार्फत दुध बिक्री हुँदा कृषकलाई सहज भएको छ। कृषकले कन्चन चिज, मोजेला चिज, हाड चिज, छुर्पी, लो फ्याट लेस छुर्पी लगायतका दुग्धजन्य वस्तुहरु उत्पादन गर्ने गरेका छन् ।

यसरी स्थानीय कृषकले उत्पादन गरेका उत्पादनलाई बजारीकरण गर्न स्थानीय सघाएको छैन । कृषकको समस्या समाधान गर्ने नजिकैको सरकार स्थानीय तह हो । तर, सहकारीले केही राहत दिएपनि स्थानीय सरकारको मौनता देखिएको छ। यसर्थ सहकारीसंगै स्थानीय सरकारको सहयोगमा दुग्धजन्य वस्तुको उत्पादन प्रवद्र्धन र बजारीकरणमा साथ दिन आवश्यक छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);