लुटपाटमा संलग्न दुई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

लुटपाटमा संलग्न दुई पक्राउ

ISSUES-CRIME

झापा, पुष १५ । झापाको अर्जुनधारास्थित एक चिया बगानमा महिला र पुरुषको अश्लिल फोटो र भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिँदै लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका अर्जुनधारा–९ का १७ बर्षीय बिजयबहादुर मगर र सोही ठाउँका नवीन डाँगीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले शनिबार सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार अर्जुनधारा–११ स्थित गिरीबन्धु टी इस्टेटमा गत बिहीबार घुम्दै तस्वीर खिचिरहेका उनीहरुलाई अभियुक्तहरुले खुकुरी देखाई अश्लिल गतिवधी गर्न लगाएका थिए । खिचिएको अश्लिल तस्वीर भाइरल बनाइ दिने भन्दै धम्क्याएर अभियुक्तहरुले पिडितहरुको साथमा भएको १२ हजार दुई सय रुपैयाँ लुटेका थिए ।

अभियुक्तले थप एक लाख रुपैयाँ माग गरेपछि बिर्तामोड आइपुगेका पीडित भागेर इलाका प्रहरी कार्यालय पुगेर प्रहरीलाई घटनाको विषयमा जानकारी गराएका थिए । प्रहरीको टोली चिया बगान पुग्दा महिलालाई पूर्ण रुपमा नाङ्गै राखिएको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

एक लाख रुपैयाँ माग गर्दै बिर्तामोडसम्म ल्याउने कार्यमा नवीन डाँगी संलग्न भएको र घटनामा संलग्न एक व्यक्ति फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्नलाई जवरजस्ती करणी उद्योग र लुटपाट मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);