स्थानीय युवाको हत्या भएको बिरोधमा बुटवल बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

स्थानीय युवाको हत्या भएको बिरोधमा बुटवल बन्द

रुपन्देही, २१ पुष ।  रुपन्देहीको ढेकेबार खैरेनीमा गोली प्रहारबाट स्थानीय युवा बसन्त पौडेल बलुको हत्या भएको बिरोधमा बुटवल बन्द भएको हो ।
तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवा बिद्यार्थीहरुले बुटवल बन्द गरेका हुन् ।

अज्ञात ब्यक्तीले आज बिहान सबा ११ बजे उनीमाथि गोली प्रहार गरेका थिए । उपचारार्थ लुम्बिनी अञ्चल अस्पतालमा लैजांदै गर्दा उनको मृत्यु भएको थियो ।
पौडेल पूर्ब गाबिस अध्यक्ष तथा एमाले स्थानीय नेता निलकण्ठ पौडेलका एक्ला छोरा थिए । एक बर्षअघि सोही गाउंमा युवा संघका नेता दुर्गा तिबारीको हत्या भएको थियो । बसन्त दुर्गाका नजिककाा साथी थिए ।

घटना लगत्तै आफूलाई मलेसियाबाट मनोज पुन बोलेको बताउने ब्यक्तीले स्थानीय सञ्चारकर्मी र बिभिन्न ब्यक्तिलाई फोन गरी हत्या आफूले गरेका बताएकाछन् । एक बर्षअघि पनि उनले यस्तै फोन गरी दुर्गाको हत्या आफूले गराएको र अब बसन्तको पालो भन्दै धम्की दिएका थिए ।

गोली कस्ले चलायो भन्नेबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीकाले जनाएको छ । गोली प्रहार गर्ने ब्यक्ती कालो डिस्भर मोटरसाईकलमा रोहिणी खोला तिर भागेको स्थानीयले बताएकाछन् । मृतक आफ्नो काठ मिलमा आगो तापेर बसिरहेका बेला गोली प्रहार भएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);