व्यवसायी पौडेल हत्याको विरोधमा अनिश्चितकालिन रुपन्देही बन्द | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८३, मंगलबार

व्यवसायी पौडेल हत्याको विरोधमा अनिश्चितकालिन रुपन्देही बन्द

रुपन्देही, २२ पुष । एमाले कार्यकर्ता एवं व्यवसायी बसन्त पौडेल बलुको हत्या भएको विरोधमा युवा संघले अनिश्चितकालिन रुपन्देही बन्दको आह्वान गरेको छ ।

बन्दको कारण यातायात, उद्योग व्यापार सबै ठप्प रहेको छ । बुटवलसहित रुपन्देहीका विभिन्न स्थानमा युवा संघका कार्यकर्ता सडकमा उत्रिएर हत्याको विरोध जनाउँदै बन्द गराएपछि जनजीवन प्रभावित बनेको हो । युवा संघले रुपन्देहीको देवदह नगरपालिका वडा नं.– २ ढिकार निवासी युवा संघ रुपन्देहीका नेता, फर्निचर उद्योगी बसन्त पौडेल (बलु) लाई उनकै उद्योग अगाडी शुक्रबार बिहान ११ बजे गोली हानी हत्या गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुजु मल्ल र जिल्ला अध्यक्ष नकुल शाहीले शुक्रबार नै प्रेस विज्ञप्ती जारी गर्दैे देवदहका समाजसेवी तथा एमालेका क्षेत्रीय अध्यक्ष निलकण्ठ पौडेलका छोरा, युवा संघ नेपालका क्षेत्रीय कमिटीका नेता बसन्त पौडेल (बलु) को हत्या अत्यन्तै दुखद् र निन्दनीय घटना भएको भन्दै विरोध जनाएका थिए ।

उक्त घटनाको विरोधमा युवा संघ नेपालले अनिश्चितकालिन रुपन्देही बन्द गर्न बाध्य भएको विज्ञप्तीमा उल्लेख गरेको छ । गोली हानी हत्या भएलगत्तै आफूलाई मनोज पुन बताउनेले घटनाको जिम्मा लिएका थिए ।