युवा संघ कोरोना रोकथाम तथा महामारी नियन्त्रणमा अघि बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

युवा संघ कोरोना रोकथाम तथा महामारी नियन्त्रणमा अघि बढ्दै

काठमाडौं । युवा संघ नेपालले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरिएको हेल्प डेक्सलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच काठमाडौंको कोटेश्वरमा स्थापन गरिएको हेल्प डेक्सलाई राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष बचनबहादुर सिंहले माक्स, सेनिटाइजर, ग्लोब्स, खानेपानी लगायतका सामाग्री हस्तान्त्रण गर्नुभएको छ । संघका उपाध्यक्ष पुष्पराज श्रेष्ठको नेतृत्वमा भएको कार्यक्रममा हेल्प डेक्सलाई काठमाडौंका विभिन्न ठाउँमा विस्तार गरिने जनाइएको छ ।

कार्यक्रममा संघका सह–अध्यक्ष किरण पौडेल, महासचिव रमेश आचार्य ,सचिव बिष्णुराज बि.सि, स्थायी कमिटि सदस्यद्वय निरोज पौडेल र राजु खाती, आयोग सचिव बाबू छत्कुली ,सचिवालय सदस्य मन्जिव क्षेत्री लगायतको उपस्थिती रहेको थियो । युवा संघ नेपालले कोरोना महामारी नियन्त्रणमा भूमिका खेल्न सदस्यहरुलाई आग्रह समेत गरेको छ ।

युवा संंघ नेपालले काठमाडौं उपत्यका भित्रका ५ ठाउँ (नयाँ बानेश्वर ,गोंगबु ,कलंकी ,भक्तपुर र कोटेश्वर) मा हेल्प डेक्स स्थापना गरिसकेको छ । उपत्यकाका नागढुङ्गा, स्वयम्भू, चावहिल,बौद्व,ठमेल,जगाती,लगनखेल,मंगलबजार लगायतका ठाउँमा पनि हेल्प डेक्स विस्तार गर्ने योजना बनाएको युवा संघले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);