संवैधानिक इजसालप्रति युवा संघको आशंका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संवैधानिक इजसालप्रति युवा संघको आशंका

बर्दिया । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी गठन गरेको संवैधानिक इजलासप्रति गम्भीर आशंका गरेको छ ।

सर्वोच्च अदालत गठित इजलास नै अवैधानिक भएको संघको ठहर रहेको छ । सर्वोच्चले पहिलो पटक गठन गरेको इजलास संवैधानिक रहेको र विपक्षी गठनबन्धनका कानुनविद्को विरोध पश्चात पुनः अर्को संवैधानिक इजलास गठन गरिएको थियो । जसमा पहिलो पटक गठन गरिएको इजलास नेपालको संविधान अनुसार रहेको तर्क गर्दै संघले दोस्रो पटक गठन गरिएको इजलास असंवैधानिक भएको स्पष्ट पारेको छ ।

संघले शुक्रबारदेखि देशव्यापी रुपमा सरकारको पक्षमा सडक आन्दोलनको कार्यलाई तिव्रता दिएको छ । सर्वोच्चले दबाव र प्रभावमा समेत निर्णय लिन सक्ने भन्दै अदालतलाई सचेत गराउन सडकमा आउनु परेको संघले जनाएको छ । संघले आज बर्दिया, महोत्तरीलगायतका ठाउँहरुमा सडक आन्दोलन सुरु गरेको छ ।

बर्दियाको गुलरियामा रहेको जिल्ला अदालतको प्रङ्गणमा आयोजित कोणसभामा बोल्दै संघका महासचिव रमेश आचार्यले सर्वोच्चले गठन गरेको संवैधानिक इजलास संविधानको धारा १३७ को उपधारा १ बमोजिम नभएको उल्लेख गरे । आदलतको प्रङ्गणमा नै कार्यक्रम गरी न्यायाधीशको माध्यमबाट सर्वोच्चमा संघको आवजलाई पु¥याउने गरी उक्त कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

संघले कानुनलाई हातमा लिएर नभई साथमा लिएर सरकारको समर्थनमा देशभर आन्दोलन गर्ने कार्यको सुरु भएको उल्लेख गर्दै महासचिव आचार्यले २०७४ सालमा राष्ट्रपति र उपराष्ट्रपतिको सेवा सुविधा तथा परिश्रमिक सम्बन्धी बनेको ऐनको १६ नं. बुँदामा राष्ट्रपति तथा प्रधानमन्त्रीले गरेको निर्णयलाई मुद्धा नचालाईने भनी प्रष्ट रुपमा उल्लेख गरेको दाबी गरिएको दाबी गरे ।

संविधानको व्याख्या तथा रक्षा गर्ने निकाय नै संविधान विपरीत गएकाले युवा संघले सजक गराउनु परेको उल्लेख गर्दैै महासचिव आचार्यले संविधानको रक्षाको लागि नेपाली जनता सडकमा आउने चेतावनी दिए ।

करिब तीन सय युवाहरु सहभागी भएको उक्त कार्यक्रममा संघका केन्द्रीय सचिव रविन्द्र लम्साल, स्थायी कमिटीका सदस्य खेम शर्मा, ध्रुव थापा, सम्झना विक, सचिवालय सदस्य भिमबहादुर सिंह, निर्मला मल्ललगायतको सहभागीता रहेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);