सर्वोच्चले हप्तामा दुई दिन संवैधानिक इजलासका मुद्दा हेर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सर्वोच्चले हप्तामा दुई दिन संवैधानिक इजलासका मुद्दा हेर्ने

काठमाडौं, ११ वैशाख । सर्वोच्च अदालतले हप्तामा दुई दिन संवैधानिक इजलास अन्तरगतको मुद्दा हेर्ने व्यवस्था गरेको छ ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता नागेन्द्रप्रसाद कालाखेतीले बुधबार र शुक्रबार हप्तामा २ दिन संवैधानिक इजलास अन्तरगतको मुद्दा हेर्ने समय तोकिएको जानकारी दिए ।

मंगलबार अपरान्ह नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले सर्वोच्च अदालतमा संवैधानिक इजलास अन्तरगत २ सय १५ वटा मुद्दा दर्ता भएको जानकारी दिए ।

नयाँ संविधान जारी भएसँगै सर्वोच्च अदालतले संवैधानिक इजलास फाँटको व्यवस्था गरी सोसम्बन्धि मुद्दा हेर्न सुरु गरेको हो ।

संवैधानिक इजलास अन्तरगत संविधानसँग बाझिएका ऐन, कानुनसम्बन्धि मुद्दा, स्थानीय–स्थानीय तथा प्रदेश–प्रदेशबीचको विवादको मुद्दा र प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको योग्यतासम्बन्धि मुद्दा हेर्ने संवैधानिक व्यवस्था छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);