मुद्दाको सङ्ख्या बढी भएपछि सर्वोच्चको यस्तो निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौँ, १ मंसिर । मुद्दाको सङ्ख्या बढी भएपछि सर्वोच्च अदालतमा शुक्रबारदेखि अतिरिक्त समय इजलास बस्ने भएको छ। कायम रहेका न्यायाधीशबाटै अदालतमा विचाराधीन मुद्दा फछ्र्यौट गर्नुपर्ने अवस्था रहेको भन्दै सर्वोच्चले अतिरिक्त इजलास कायम गर्ने निर्णय गरेको हो।

सर्वोच्चले केही समयअघि अतिरिक्त इजलास सञ्चालन गर्ने गरी सर्वोच्च अदालत नियमावली परिमार्जन गरेको थियो। सर्वोच्चमा आर्थिक वर्ष २०७३र७४ को अन्त्यसम्म अहिले २२ हजारभन्दा बढी मुद्दा विचाराधीन छन्। संवैधानिक व्यवस्थाअनुसार सर्वोच्चमा प्रधानन्यायाधीशका अतिरिक्त २० न्यायाधीश रहने व्यवस्था छ।

सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले शुक्रबारदेखि अतिरिक्त समय इजलास बस्ने गरी निर्णय भएको बताउनुभयो। पन्थीले भन्नुभयो– ‘शुक्रबारबाटै अतिरिक्त समय इजलास लाग्ने छन् । बिहान साढे ९ बजे नै न्यायाधीश आउनुपर्नेछ। अघिल्लो दिनको आदेश तयार पार्नुपर्ने अवस्थामा आदेश तयार पारी साढे दस बजेबाट न्यायाधीश इजलासमा बस्नु पर्नेछ। ’

सर्वोच्चमा कर्मचारीको हकमा अहिले पनि ९ बजे नै उपस्थित हुनुपर्ने व्यवस्था छ । अब न्यायाधीश पनि साढे ९ बजे नै उपस्थित हुनु पर्नेछ। दैनिक पेसी सूची तय गर्ने र बेन्च विभाजनको कार्य सोअघि नै हुन्छ । दैनिक खाजा समय तत्कालका लागि १ देखि २ बजेसम्म तोकिएको छ। नियमित कार्यालय समयपछि प्रधानन्यायाधीशले तोके बमोजिम इजलास बस्नेछ। – गोरखापत्र दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);