'लोकतन्त्र आएपनि जनताको अवस्था उस्तै हुनु विडम्बना' | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

‘लोकतन्त्र आएपनि जनताको अवस्था उस्तै हुनु विडम्बना’

rambaran-yadav

काठमाडौं, ११ वैशाख । पूर्वराष्ट्रपति रामवरण यादवले लोकतन्त्र आएपनि जनताको अवस्था उस्तै हुनु विडम्बना भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा बारबरा एडम्स फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति यादवले जनताकै संघर्षले लोकतन्त्र प्राप्ति भएपनि उनीहरुले नै त्यसको प्रत्याभूति गर्न नपाएको बताए ।

फरक प्रशंगमा पूर्वराष्ट्रपति यादवले विकासका नाममा सरकारले प्राकृतिक स्रोतको विनाश गरिरहेको भन्दै असन्तुष्टि जनाए ।

विशेषगरी चुरे क्षेत्रमा भइरहेको ढुंगा, गिट्टी, बालुवाको उत्खननले तराईमा बाढी तथा डुबानको समस्या बढेको पूर्वराष्ट्रपति यादवको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);