प्रदेश–४ को राजधानी पोखरा र प्रदेशको नाम धौलागिरी वा गण्डक राख्न प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

प्रदेश–४ को राजधानी पोखरा र प्रदेशको नाम धौलागिरी वा गण्डक राख्न प्रस्ताव

प्रदेश नम्बर ४ को नाम धौलागिरी वा गण्डक र राजधानी पोखरालाई तोक्न सरोकारवालाले सुझाव दिएका छन् । म्याग्दीको बेनी र तनहुँमा भएको कार्यक्रममा अधिकांशले प्रदेशको नाम धौलागिरी वा गण्डक र राजधानी पोखरालाई तोक्न सुझाव दिएका हुन् ।

प्रदेशको नाम राख्ने अधिकार प्रदेशसभालाई भएकाले प्रदेश राजधानी तथा नामाङ्कन समितिले प्रदेश ४ को नामका विषयमा सरोकारवालासँग सुझाव संकलन गरेको हो ।

अधिकांशले प्रदेश ४ को नाम धौलागिरी वा गण्डक र राजधानी पोखरालाई तोक्न सुझाव दिएका छन् । प्रदेश ४ हिमालै हिमालको प्रदेश भएकाले हिमाललाई समेटुनुपर्नेमा सबैको एकमत छ ।

यता प्रदेश ४ कै तनहुँमा भएको कार्यक्रममा पनि अधिकांशले प्रदेश नम्बर ४ को नाम गण्डकी, गण्डक अथवा पोखरा राख्न सुझाव दिएका छन् ।

केहीले भने तमुवान, मगरात वा पृथ्वीनारायण शाहले एकीकरणको सुरुवात गरेकाले गोरखा प्रदेश राख्न सुझाव दिएका थिए ।

म्याग्दीबाट सन्दिप शर्मा र तनहुँबाट राजकुमार श्रेष्ठको रिपोर्ट

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);