जनकपुर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने पर्यटनमन्त्रीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

जनकपुर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने पर्यटनमन्त्रीको घोषणा

rabindra

धनुषा, ११ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले जनकपुर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रतिबद्धता जनाएका छन् । धनुषाको जनकपुरमा आज संचारकर्मीसँग मन्त्री अधिकारीले जनकपुर विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउन कार्ययोजना बनाइरहेको बताए ।

मन्त्री अधिकारीले १५ सय मिटर रनवे बनाउने गरी कार्ययोजना तयार पारेको बताउँदै जग्गा मुआव्जाको काम छिट्टै सुरु हुने बताए । उनले जनकपुर विमानस्थलमा रात्रीकालीन सेवा समेत सञ्चालनमा ल्याउने तयारी गरेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);