कर्णाली प्रदेशमा क्षेत्रीय स्तरको विमानस्थल निर्माण गरिने | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

कर्णाली प्रदेशमा क्षेत्रीय स्तरको विमानस्थल निर्माण गरिने

काठमाडौं, १२ असार । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सबै प्रदेशमा क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्ने अभियान अन्तरगत कर्णाली प्रदेशमा पनि क्षेत्रीय स्तरको विमानस्थल निर्माण कार्य अघि बढाउने घोषणा गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन बजेटमाथि प्रतिनिधिसभामा मंगलबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारले भौगोलिक कठिनाई भएकाले हवाई क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारे ।

मन्त्री अधिकारीले त्यस अवसरमा एक वर्ष भित्र निर्माण कार्य सम्पन्न हुनेगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्न आवश्यक बजेटको व्यवस्था गरिएको बताए । उनले ३ वर्ष भित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गर्ने योजना अनुसार कामलाई अघि बढाइएको पनि जानकारी दिए ।

मन्त्री अधिकारीले ३ वर्ष भित्र सम्पदाहरुको पुनर्निर्माणको कामलाई सम्पन्न हुने गरी बजेटको व्यवस्था गरिएको बताए । उनले सीमित स्रोत र साधनका कारण सोचे अनुसारको कामलाई अघि बढाउन नसकिएको उल्लेख गदै आगामी दिनमा सांसदहरुको माग अनुसारको योजना तथा कार्यक्रमलाई अघि बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);