एक वर्ष भित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने मन्त्री भट्टराईको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एक वर्ष भित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने मन्त्री भट्टराईको घोषणा

काठमाडौं, २८ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले एक वर्ष भित्र निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने घोषणा गर्नु भएको छ ।

मन्त्री भट्टराईले पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्ष भित्र संचालनमा आउने गरी काम भईरहेको दावी गर्नु भयो । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपालको आर्थिक विकासको गतिलाई तीव्रता दिन सरकारले विमानस्थलहरुको निर्माण र स्तरोन्नतिको कामलाई जोड दिनु परेको पनि स्पष्ट पार्नु भयो ।

मन्त्री भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको कामलाई पनि तीव्रता दिइएको बताउनु भयो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबारे नकारात्मक टिप्पणी आउने गरेकाले त्यसको सुधारमा केन्द्रित हुनु परेको पनि मन्त्री भट्टराईको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);