बिहीबार शेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बिहीबार शेयरबजार परिसूचक नेप्सेमा सामान्य सुधार

काठमाडौं, २८ कात्तिक । बिहीबार शेयरबजार परिसूचक नेप्से शून्य दशमलब सात नौ अंकको सामान्य सुधार भएको छ । १ सय ६३ कम्पनीका ८ लाख ३३ हजार ८ सय ८१ कित्ताशेयर ४ हजार ५ सय १९ पटकको कारोबारबाट २२ करोड ८३ लाख ५७ हजार ४ सय ९३ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलब एक एक अंकले घटेर दुई सय ५० दशमलब शून्य ६ अंकमा पुगेको छ । बिहीबार कारोबार भएका १२ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक ओरालो लागेको छ ।

बिहीबार एनएमबि बैंकको सबैभन्दा बढी ४ करोड २९ लाख बढीको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा बढी नौ दशमलब नौ एक प्रतिशतले कमाएका छन् भने ग्लोबल आइएमई सम्मुनत स्किम–१ का लगानीकर्ताले सबैभन्दा बढी पाँच दशमलब ६/६ प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);