शेयरबजार परिसूचक नेप्से १.१८ अंकले घट्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

शेयरबजार परिसूचक नेप्से १.१८ अंकले घट्यो

stock_exchange_nepse

काठमाडौं, ३ मंसिर । मंगलबार शेयरबजार परिसूचक नेप्से १ दशमलव १४ अंकले घटेर एक हजार एक सय २९ दशमलब ९ ÷९ अंकमा पुगेको छ । १ सय ६३ कम्पनीका १० लाख १६ हजार ४० कित्ताशेयर ४ हजार २ सय ४७ पटकको कारोबारबाट २५ करोड ९३ लाख ३० हजार ५ सय ९५ रुपैयाँमा खरिद बिक्री भएको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलब तीन एक अंकले सुधार हुँदै २ सय ४८ दशमलब नौ एक अंकमा पुगेर बन्द भएको छ । कारोबार भएका १२ समूहमध्ये ६ वटा समूहको परिसूचक ओरालो लागेको छ ।

मंगलबार एनएमबि बैंकको सबैभन्दा बढी तीन करोड २० लाख बढीको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले कमाएका छन भने सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी ७ दशमलब नौ तीन प्रतिशतले गुमाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);