स्थानीय तहको स्रोत व्यवस्थापन : राजस्व संकलन क्षमता ९४ प्रतिशतसम्म कमजोर | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

स्थानीय तहको स्रोत व्यवस्थापन : राजस्व संकलन क्षमता ९४ प्रतिशतसम्म कमजोर

sanghiya mamila

काठमाडौं, ३ मंसिर । स्थानीय तहहरुको स्रोत व्यवस्थापनको अवश्था अत्यन्तै कमजोर अबश्था रहेको पाईएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजस्व संकलन क्षमता ९४ प्रतिशतसम्म कमजोर रहेको बताएको छ । यससँगै मन्त्रालयले क्षमता अभिबृद्धि मार्फत राजस्व संकलन ,उपयोग लगायतमा सुधार गरी स्थानीय तहलाई सक्षम बनाउने योजना अनुसार काम भईरहेको बताएको छ ।

यससँगै मन्त्रायले स्थानीय तहहरुले आन्तरिक स्रोत व्यवस्थापन बारेको विवरण माग गरेको छ । तर, अधिकांश स्थानीय तहहरुले मन्त्रालयले माग गरेको आर्थिक बर्ष २०७५÷७६ को आन्तरिक स्रोतको विवरण पटकपटक ताकेता गर्दा समेत विवरण उपलब्ध गराएका छैनन ।

मन्त्रालयले ७५३ वटै स्थानीय तहहरुलाई भदौको सुरुवातमा नै परिपत्र गरि विवरण माग गरेकोमा अधिकांशले अझैसम्म पनि विवरण पेस नगरेको जनाएको छ । मन्त्रालयले स्थानीय तहहरुको राजस्व संकलनको पछिल्लो अबश्थाबारेको जानकारी संकलन गरी सोही अनुरुपको क्षमता विकास कार्यक्रम सञ्चालनको तयारीका लागि विवरण माग गरिएको जनाएको छ । ‘स्थानीय तहको राजस्व क्षमता बढाएर आफ्नै खुट्टामा उभिने बनाउने योजना अनुसार विवरण माग गरि गरिएको हो ।’ मन्त्रालयका सहसचिव जयनारायण आचार्यले भने । यो समाचार आजको राजधानी दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);