झापामा ७१.५३ प्रतिशत राजस्व संकलन | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

झापामा ७१.५३ प्रतिशत राजस्व संकलन

tax-kar

झापा, ६ असार । चलू आर्थिक वर्षको ११ महिनामा झापाका स्थानीय तहले ७१.५३ प्रतिशत राजस्व संकलन गरेका छन् । झापामा केही स्थानीय तहले लक्ष्य भन्दा बढी राजस्व संकलन गरिसकेका छन भने कति आधा अंकमा अलमलिरहेका छन् ।

झापाका ८ वटा नगरपालिकाले चालू आर्थिक वर्षमा ७३ करोड ८४ लाख २७ हजार ८३५ रुपैंयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेका थिए । आर्थिक वर्ष समाप्त हुन एक महिना बाँकी हुँदा ५२ करोड ९७ लाख ९८ हजार ५०७ रुपैंयाँ राजस्व संकलन भएको तथ्यांक छ ।

एकीकृत सम्पति कर, घरवहाल कर, बहाल बिटौरी कर, पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर, विज्ञापन कर, व्यवसाय रजिष्टे«सन दस्त्ुर, घरजग्गा रजिष्टे«शन दस्तुर, नक्सापास दस्तुर, सिफारिस दस्तुर, नाता प्रमाणित दस्तुर, न्यायिक दण्ड, जरिवाना र जफत, सवारी साधन कर लगायत शीर्षकलाई स्थानीय तहका आन्तरिक आम्दानीका स्रोत हुन् । यस बाहेक केन्द्र, प्रदेशबाट दिइने बजेट, समानीकरण अनुदान, शसर्त अनुदान लगायत स्थानीय तहका आम्दानीका स्रोतमा पर्दछन् ।

गतवर्षको यो अवधिमा ७३ प्रतिशत आन्तरिक आम्दानी गर्न सफल भएको बिर्तामोड नगरपालिकामा यसवर्ष ५७।१७ प्रतिशतमात्र राजस्व संकलन हुन सकेको छ । गतवर्षको भन्दा यसवर्ष ४ करोड रुपैंयाँ बढी संकलन गर्ने लक्ष्य राखिएको कारण प्रतिशतमा कमी देखिएको नगरपालिकाका प्रशासन बिभाग प्रमुख मेघराज बाँस्तोलाले बताए । उनले यो आर्थिक वर्ष भित्र १२ देखि १३ करोड रुपैयाँ राजस्व संकलन हुन सक्ने अपेक्षा गरिएको जानकारी दिए ।

अर्जुनधारा नगरपालिकाले गतवर्षको जेठ मसान्तसम्मा ८० प्रतिशत राजस्व संकलन गरेको थियो । यो बर्ष ९२.०४ प्रतिशत राजस्व जम्मा भएको बताइएको छ । गत वर्ष २ करोड २० लाख अनुमानित आम्दानीको लक्ष्य राखेको अर्जुनधाराले यो वर्ष २ करोड ५० लाखको आन्तरिक आम्दानीको लक्ष्य राखेको छ । यो वर्ष लक्ष्य भन्दा बढी राजस्व संकलन हुने नगरपालिकाका कर तथा राजस्व शाखा अधिकृत डेनजनी आचार्यले बताए ।

आगामी आर्थिक वर्षका लागि अर्जुनधारा नगरपालिका राजस्व शाखाले चालू आर्थिक वर्षको भन्दा दोब्बर राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । अर्जुनधारा नगरपालिकामा राजस्व संकलनका प्रमुख शिर्षक नक्सा पास ( ४० लाख रुपैयाँ), सरकारी आम्दानीको वहाल (२५ लाख रुपैयाँ), सरसफाई शुल्क (२ लाख रुपैयाँ), सिफारिस दस्तुर (५७ लाख रुपैयाँ), मालपोत (४० लाख रुपैयाँ) लगायत क्षेत्रबाट बढी कर संकलन हुँदै आएको आचार्यले बताएका छन् ।  यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);