वीरगन्ज भन्सार कार्यालयको राजस्वमा सुधार भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

वीरगन्ज भन्सार कार्यालयको राजस्वमा सुधार भएन

birgunj-border-point

वीरगन्ज, ६ असार । चालू आर्थिक बर्षमा लगातार ओरालो लागेको वीरगन्ज भन्सार कार्यालयको राजस्वमा सुधार आउन सकेको छैन । भन्सार विभागले दिएको प्रत्येक महिनाको लक्ष्य वीरगन्ज भन्सार कार्यालयले पूरा गर्न नसकेपछि भन्सार कार्यालयको राजस्व संकलनमा सुधार आउन नसकेको हो ।

वीरगन्ज भन्सार कार्यालयले चालू आर्थिक बर्षको चैत महिना सम्ममा ८७.६० प्रतिशत अर्थात १ खर्ब ३५ अर्ब २९ करोड ५६ लाख ५० हजार रुपैयाँ मात्रै संकलन गरेको छ । भन्सार विभागले जेठ सम्मका लागि वीरग्न्ज भन्सार कार्यालयलाई १ खर्ब ५४ अर्ब ४४ करोड ५२ लाख ६५ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । गत आर्थिक बर्षको सोही अवधि सम्ममा १ खर्ब १७ अर्ब १६ करोड २० लाख ३९ हजार रुपैयाँ अर्थात १२०।८७ प्रतिशत राजस्व संकलन गरेको थियो । वीरगन्ज भन्सार कार्यालयले चैत महिनामा मात्रै ८१।४९ प्रतिश अर्थात १२ अर्ब ५८ करोड ५८ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

जेठ महिनाको लागि वीरगन्ज भन्सार कार्यालयलाई भन्सार विभागले १५ अर्ब ४४ करोड ४५ लाख २७ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । गतबर्ष सोही अवधिमा १४ अर्ब ६२ करोड ६ हजार राजस्व संकलन गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयका सूचना अधिकारी मनिष कुमार महतोका अनुसार भन्सार कार्यालयले भन्सार महशुलबाट ४ अर्ब ५१ करोड ११ लाख ९६ हजार, ५ अर्ब ४२ करोड ७५ लाख ७३ हजार मूल्य अभिवृद्धि कर, १ अर्ब ५८ करोड १९ लाख दुई हजार राजस्व संकलन गरेको छ ।

जेठ महिनामा यी कुनै पनि शीर्षकमा वीरगन्ज भन्सार कार्यालयले राजस्व संकलन गर्न सकेको छैन । गत आर्थिक बर्षको सोही अवधिमा वीरगन्ज भन्सार कार्यालयले शतप्रतिशत भन्दा बढी राजस्व संकलन गरेको थियो । वीरगन्ज नाकाबाट धेरै राजस्व संकलनमा इन्धन र सवारी साधनको योगदान बढी हुने गरेको छ ।

चालू आर्थिक बर्षमा सवारी साधन आयातमा गिरावट आएपछि भन्सार राजस्व लक्ष्यमा पनि प्रभाव परेको सूचना अधिकारी महतोले बताए । सवारी साधनमा बैंकहरूले पचास प्रतिशत मात्रै लगानी गर्न पाउने सरकारले लिएको मौद्रिक नीति र बैंकहरूमा तरलताको अभावले गर्दा सवारी साधन आयातमा कमी भई भन्सार राजस्व पनि कम उठेको उनले बताए । बैंकहरूमा तरलता अभाव हुँदा अझै पनि चालू आर्थिक बर्षमा आयात गरिएका सवारी साधनहरू भन्सार पारी नै रोकिएको अवस्था रहेको महतोको भनाई छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);