लक्ष्यभन्दा १४ प्रतिशतले कम भन्सार राजस्व कम उठ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

लक्ष्यभन्दा १४ प्रतिशतले कम भन्सार राजस्व कम उठ्यो

money

काठमाडौं, ९ साउन । यसपटक पनि वीरगन्ज भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व संकलनमा असफल भएको छ । कार्यालय आर्थिक वर्ष २०७४÷०७५ मा जस्तै आर्थिक वर्ष २०७६÷०७६ मा पनि लक्ष्यअनुसार भन्सार राजस्व संकलन गर्न असफल भएको हो ।

वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालय दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व संकलन गर्न असफल देखिएका हुन् । आर्थिक वर्ष २०७३÷०७४ मा दुवै भन्सार कार्यालयले लक्ष्यभन्दा बढी नै राजस्व संकलन गरेका थिए ।

भन्सार राजस्व असुलीमा अग्रस्थानमन रहेको भन्सार कार्यालयको रुपमा परिचित वीरगन्ज भन्सार कार्यालय र रेलमार्ग जोडिएको सिर्सिया सुख्खा बन्दरगाह दुवैले दुई आर्थिक वर्षदेखि विभागले दिएको लक्ष्य भेट्टाउन सकेका छैनन् ।

वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷०७६ मा १ खर्ब ४७ अर्ब ५३ करोड १३ लाख ७५ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ८५.९७ प्रतिशत अर्थात लक्ष्यभन्दा १४.०३ प्रतिशतले कम हो । भन्सार विभागले कार्यालयलाई गत आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब ६० करोड ५८ लाख ४६ हजारको लक्ष्य दिएको थियो ।विभागले दिएको लक्ष्यभन्दा २४ अर्ब ७ करोड ४४ लाख कम राजस्व संकलन गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);