कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेन

काठमाडौं, ९ साउन । कञ्चनपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा पाएको राजश्व संकलनका लागि पाएको लक्ष्य पुरा गर्न सकेन । आर्थिक वर्ष २०७५/०७६ मा ४० करोड १२ लाख राजश्व संकलनको लक्ष्य पाएको कञ्चनपुर भन्सार कार्यालयले ३६ करोड ६७ लाख अर्थात् लक्ष्यको ९१ प्रतिशत मात्रै संकलन गरेको छ ।

सरकारले ल्याएको विभिन्न अनलाइन सिस्टम र भारतबाट आयात हुने तरकारी तथा फलफूलमा लगाइएको रोकका कारण लक्ष्य पूरा गर्न नसकिएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ ।

विगतको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा कम मात्रामा सामान भित्रिएकाले पनि सरकारले तोकेअनुसारको लक्ष्य पूरा गर्न नसकिएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताउनु भयो ।

उनले आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा २३ प्रतिशतले राजस्व वृद्धि भएको भन्दै भन्सारको अनुपातमा वार्षिक लक्ष्य ठूलो भएको बताउनु भयो । आर्थिक वर्ष २०७३/७४ मा भने १७ करोड तीन लाख राजस्व संकलन गर्ने लक्ष्य पाएको कञ्चनपुर भन्सार कार्यालयले २४ करोड ७७ लाख संकलन गरेको थियो भने आ ब २०७४/७५ मा ३२ करोड४७ लाख ७५ हजार लक्ष्य मा ३२ करोड ५३ लाख ९० हजार संकलन गरेको थियो । आर्थिक वर्ष २०७६/०७७ का लागि कञ्चनपुर भन्सार कार्यालयले ४८ करोड ६८ लाख ७५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);