नेपालगञ्ज भन्सार कार्यालय लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

नेपालगञ्ज भन्सार कार्यालय लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल

नेपालगञ्ज, ११ साउन । नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/०७६ मा लक्ष्यभन्दा ५४ लाख ५५ हजार बढी राजस्व संकलन गर्न सफल भएको छ ।

२०७५/०७६ को आर्थिक वर्षमा १२ अर्ब ३३ करोड एक लाख १६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा नेपालगञ्ज भन्सार कार्यालयले १२ अर्ब ३३ करोड ५५ लाख ७१ हजार रुपैयाँ संकलन गरेको छ ।

आर्थिक बर्षको अन्त्यमा आई पुग्दा पनि लक्ष्य नपुग्ने देखेकै कारण पुराना मुद्दा फैसला चोरी पैठारी गरेर आएका सबै सामानहरुको जाँचपास गरी मूल्यांकन गरेर र चोरी पैठारी नियन्त्रणमा कडाई गरेर मात्र लक्ष्य पुरा हुन सकेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयले संकलन गरेको राजस्वमा सबै भन्दा बढी पेट्रोलियम पदार्थबाट राजस्व संकलन गरेको हो । चालु आर्थिक वर्ष २०७६/०७७ मा नेपालगञ्ज भन्सार कार्यालयले १५ अर्व ४३ करोड ७५ लाख १४ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);