लक्ष्यभन्दा डेढ अर्ब बढी राजस्व संकलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लक्ष्यभन्दा डेढ अर्ब बढी राजस्व संकलन

नेपालगञ्ज, १९ भदौ । नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक बर्ष २०७४/०७५ मा लक्ष्यभन्दा डेढ अर्ब बढी राजस्व संकलन गरेको छ ।

भन्सार कार्यालयले गत आर्थिक वर्षमा ८ अर्ब ३७ करोड ६४ लाख ५२ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो । तर, डेढ अर्ब वढी अर्थात १० अर्ब २७ करोड २२ लाख ३६ हजार रुपैयाँ राजश्व संकलन गरेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक बर्षमा १२ अर्ब ३३ करोड १ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । चालु आर्थिक बर्षको पहिलो साउनसम्ममा ९१ करोड १५ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);