माटाको भाँडा बनाउने पेशा लोप हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

माटाको भाँडा बनाउने पेशा लोप हुँदै

kumal pesha

प्रकाश नेपाल
पाल्पा, ११ साउन । पाल्पाको रामपुर नगरपालिका, बगनासकालीको घोवन्दा र रिव्दीकोट गाउँपालिकाको जोगीथुमका कुमालहरुको मुख्य पेशा माटाको भाँडा बनाउने हो । तर अहिले यो पेशा लोप हुने अवस्थामा पुगेको छ । पुस्तौँदेखि हस्तातरण हँुदै आएको कुमाल पेशालाई पछिल्लो पुस्ताका युवाहरुले निरन्तरता दिन नसक्दा र आवश्यक कच्चा पदार्थको अभावमा पेशा लोप हुने अवस्थामा पुगेको हो ।

जिल्लाको रामपुर नगरपालिका, बगनासकालीको घोरवन्दा र रिव्दीकोट गाँउपालिकाको जोगीथुममा बसोबास गर्ने कुमाल समुदायको कुनै समयमा मुख्य पेशा माटोको भाँडा बनाउने थियो । तर पछिल्लो समय माटोको भाँडा बनाउनेहरु एकपछि अर्को गरी पेशाबाट पलायन हुन थालेपछि पेशा नै लोप हुने अवस्थामा पुगेको छ ।

जिल्ला भरी अहिले एक दुई जना मात्र कुमाल पेशालाई निरन्तरता दिईरहेका छन् । पाल्पाको ती क्षेत्रहरुमा हरेक घरमा माटोको भाँडा निर्माण हुने काम गर्दथ्यो भने त्यहाँ बनेका भाँडाहरु टाढा टाढासम्म बिक्री हुन्थ्यो ।

माटोको भाँडा बनाउने पेशामा लागेका बृद्धहरु अहिले असक्त भईसकेका छन् भने युवाहरु नयाँ पेशा तिर लागेका छन् । अहिले गाँउमा यो पेशालाई निरन्तरता दिईरहेका एक मात्र युवा हुन् सोमबहादुर कुमाल । गाँउमा माटोको भाँडा बनाउनेहरुको संख्या न्यून त छ नै पेशालाई निरन्तरता दिईरहेकाहरुलाई पनि माटोको अभावले चुनौती सिर्जना भएको छ । माटो पाईने सार्वजनिक ठाउँमा नेपाली सेनाको क्याम्प बसेसंगै माटोको अभाव भएको सोमबहादुरको भनाई छ ।

कुमाल समुदायको पेशा संकटमा परेको भन्दै संरक्षण र प्रवद्र्धनका लागि स्थानीय सरकारले पनि ध्यान दिने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

माटोको भाँडाको विकल्पमा अन्य भाँडाहरु बजारमा आएका कारण माटाका भाँडाहरुले बजार पनि कम मात्र पाउन थालेका छन् । तर स्वास्थ्यको दृष्टिकोणले हेर्ने हो भने माटाका भाँडालाई स्वस्थकर मानिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);