बाँकेका आरनहरु बिस्तारै लोप हुने अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाँकेका आरनहरु बिस्तारै लोप हुने अवस्थामा

रबन्द्रि घमिरे
बाँके, १८ फागुन ।
दैनिक रुपमा प्रयोग हुने कृषि औजार हँसिया, कुटो, कोदालोको प्रयोग दिन प्रतिदिन घट्न थालेपछि यो पेशा बनाएर बसेका बाँकेका आरनहरु विस्तारै लोप हुन थालेका छन् । उत्पादन भएका सामाग्रीको उचित बजार नपाउँदा पेशानै संकटमा परेको छ ।

कृषि व्यवसाय छोड्ने तथा प्रविधिको विकास सँगै बाँकेका कृषि औजार बनाउने आरनहरु बिस्तारै लोप हुने अवस्थामा पुगेको छ । उत्पादित सामाग्रीको उचित बजार पाउन छाडेपछि दैनिक खर्च टार्न पनि नसक्ने अवस्था आएकाले पेशानै संकटमा पर्न लागेको उनिहरु बताउँछन् ।

प्रविधिको विकास तथा कृषि व्यावसाय परिवर्तन सँगै आरन व्यवसाय संकटमा पर्न थालेको हो । उत्पादित ऐतिहासिक तरवार, त्रिशुल, विभिन्न कलात्मक भगवानका मुर्तिहरु मठ मन्दरिमा सजाउनका लागी राखिन्छन् । पुस्तौदेखि आरन पेशा गरिरहेका दलित समुदायका पाका पुराना व्यक्तिहरुले भने जेनतेन यो पेशालाई निरन्तरता दइिरहेका छन् । दलित समुदायको पुस्त्यौनी आरन पेशा संकटमा पर्न थालेपछि स्थानीय तह त्यसको संरक्षणमा जुटेको छ ।

स्थानीयको पुख्र्यौली पेशालाई मर्यादित र सम्मानजनक बनाउनका लागी आधुनिकिकरणसँगै आर्थीक सम्वृद्घीलाई जोडेर, आत्मसम्मानको पेशा बनाउन लागेका बैजनाथ गाउँपालिकाका प्रमुख मान बहादुर बस्नेत बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);