फलामका भाडा बनाउने व्यवसाय लोप हुने अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

फलामका भाडा बनाउने व्यवसाय लोप हुने अवस्थामा

पाल्पा, २९ असार । पाल्पामा फलामका भाडा बनाउने परम्परागत सीपमा आधारित व्यवसाय नै लोप हुने अवस्थामा पुगेको छ । स्थानीय प्रविधि, कच्चा पदार्थ र स्थानीय इन्धनको उच्चतम प्रयोग गरी घरयासी सामानका भाडा, कृषि औजार लगायत विभिन्न वस्तुहरु उत्पादन हुदै आएको छ । तर, आधुनिकताका नाउँमा कलात्मक रुपमा तयार गर्ने  कालीगढहरु समेत परम्परागत व्यवसायबाट पलायन भएका छन् ।

स्थानीय श्रम र सीपको प्रयोग गरी निमार्ण गरिने सामाग्री तयार गर्न इन्धनको रुपमा प्रयोग गरिने कोइलाको समस्या हुनु, नयाँ पुस्ता वैदेशिक रोजगार तर्फ आर्कषण हुनु र जस्ता कारणले सामानको उत्पादनमा कम भएर मुल्य बढि पर्नु जस्ता कारण सयौँको सख्यामा रहेका यस्ता प्राचिन उद्योगहरु एक पछि अर्को बिस्थापित हुदैँ गएका छन् ।

वन जङ्गलको संरक्षणकालागि समुदायलाई जिम्मेवारी दिएसँगै कारखानामा इन्धनको रुपमा प्रयोग हुने कोइलाको अभावका कारण फलामका घरेलु उद्योग अर्थात आरन संचालकहरु व्यवसायबाट हात धुने अवस्थामा पुगेका हुन् । फलामबाट घरयासी प्रयोगका लागि कृषि यन्त्रका रुपमा प्रयोग हुने कोदालो, कोदाली, बन्चरो, हसिया, फालो, कर्वा जस्ता सामाग्रीहरु निर्माण हुने गरेका छन् ।

यस्ता उद्योगहरु जिल्लामा एक सय भन्दा बढि भए पनि इन्धनको समस्या र बढ्दो आधुनिकिकरणको कारण यतिखेर ग्रामिण क्षेत्रमा  नगन्य रुपमा मात्र परम्परागत व्यवसायलाई निरन्तता दिएको छ । संस्थागत रुपमा संगठित उद्यमी नभएका कारण पनि यस्ता उद्योगहरु एक पछि आर्को गरी हराउँदै गएका हुन् । कोइलाकोलागि सालको रुख काट्न कानुनी अडचन भएपछि यस व्यवसाय प्रति नयाँ पुस्ता  आकर्षण नभएको व्यवसायीको अनुभव छ ।

बजारीकरण, इन्धनको समस्या त्यसमाथि आगोको राप र तापमा पर्दा फोहाेर भएका कारणले पनि नँया पुस्तामा यस्ता एवं व्यवसाय प्रतिको आकर्षण घट्दै गएको हो । स्थानीय सीपमा उद्योग आधुनिकिकरण गर्न तर्फ सरकारले ध्यान दिने हो, भने स्थानीय तहमा नै रोजगारीको अवसर सगंसगै काम र दामको व्यवस्थापन राम्रो हुने थियो । त्यसका लागि सरोकारवाला निकायको ध्यान जान जरुरी छ । अन्यथा पहिचान बनाएको भाडा उद्योग दन्त्य कथामा रुपान्तरित हुने निश्चित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);